बिमल गौतमको “रुपको झट्का”मा एलिशा राई र गम्भीर

ईन्द्र जिजीबिषा / काठमाडौ- गायक बिमल गौतमको “रुपको झट्का”बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सामान्य बोलीचालीको भाषालाई गीतको शब्दमा उतारिएको गीतमा लोक र आधुनिकको फ्युजन रहेको गीत सार्वजनिक भएको हो ।

स्वर र शब्द गायक बिमलको आफ्नै रहेको गीतमा शब्दमा भने गायक विमललाई प्रकाश श्रेष्ठले सघाएका छन् ।यो गीतको एरेन्ज भने बिक्रम कार्कीले गरेका हुन् ।

गम्भीर विष्ट र एलिशा लाईको फिचरिङ्ग रहेको यो गीतको म्युजिक भिडियोमा ह्याण्ड टु ह्याण्ड क्र्युको पनि नृत्य रहेको छ । मोडेल गम्भीर विष्टको आफ्नै निर्देशन रहेको यो गीतको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नविन निरौलाले सम्पादन गरेका छन् ।

ईलामे गायक गौतमले एक दर्जन भन्दा बढि गीत स्रोता दर्शक माझ ल्याईसकेका छन् । फास्ट बिटको डान्सिङ्ग गीत भएकोले सार्वजनिक भएलगतै युवा पुस्तामाझ यो गीत प्रिय बन्दै गएको छ ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *