बाम एकतामा माओवादी केन्द्र भित्रै बाट बिद्रोह हुने सम्भावना

काठमाण्डौ १९ साउन -हालै चुनावी तालमेल र पार्टि एकिता हुने घोषणा गरे संगै उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र अर्का नेता वर्षमान पुनले असन्तुष्ट देखिएका छन् ।

एमालेसँग तत्कालका लागि चुनावी तालमेल गर्ने र निर्वाचनपछि एकीकरण प्रक्रियामा जाने निर्णयमा महरा र पुनले विमति जनाएका हुन् । दुवै नेताले अध्यक्ष पुष्पकमल दाहालमाथि निरन्तर दबाब बढाइरहेको चर्चा माओवादी वृत्तमा चलिरहेको बताईएको छ ।

दाहालले उतिवेला ओली सरकार ढालेर कांग्रेससँग गठबन्धन बनाउन महरा र पुनलाई सक्रिय बनाएका थिए । परिणामस्वरूप, भारतसम्म पुगेका महराले ओली सरकार ढाल्ने वातावरण बनाउन भूमिका खेलेका थिए । त्यसैले पनि महरा र पुन कांग्रेस–माओवादी गठबन्धनलाई निरन्तरता दिने अडानमा रहेका बताईएको छ ।

यसैगरी, माओवादी नेताका अनुसार अध्यक्ष दाहाल एउटै चुनाव चिह्न सूर्य लिएर चुनाव लड्ने विषयमा सहमत भए पनि महरा र पुनले आपत्ति जनाएका थिए । त्यसमाथि अर्का नेता नारायणकाजी श्रेष्ठको पनि असहमति रहेको र प्राविधीक हिसावले पनि भविष्यमा पार्टी एकीकरणको समयमा अप्ठयारो पर्न सक्ने देखिएपछि तत्कालका लागि चुनाव चिन्ह एउटै बनाएर अघि बढ्ने विषय रोकिएको हो ।

गत १६ गते पार्टी मुख्यालयमा बसेको बैठकमा अध्यक्ष दाहालले पेस गरेको ७ बुँदे मस्यौदामा चुनाव चिह्न सूर्य भनेर लेखिएको थियो । तर पछि त्यसलाई परिवर्तन गरिएको माओवादी नेता मणि थापाले बताए । ‘अध्यक्षले चुनावी तालमेलसहित एकीकरण सम्म जानेबारेमा ७ बुँदे मस्यौदा पेस गर्नुभएको थियो, सो मस्यौदामा सूर्य चुनाव चिह्नमा लड्ने उल्लेख थियो,’ माओवादी नेता थापाले भने, ‘पार्टी एकीकरणका बेला प्राविधिक समस्या हुने भएकाले आ-आफ्नै चुनाव चिह्नमा लड्ने निर्णय लिइएको हो, विवाद भएर होइन ।’

वाम गठबन्धनको विपक्षमा सहरी विकास मन्त्रीसमेत रहेका नेता प्रभु साह, मणि थापा, मातृका यादव र गोपाल किराँती भने खुलेरै लागेका नागरिक दैनिकले समाचार लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *