बागमती प्रदेशसभा बैठक बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको आइतबार साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भई आज सोमबार बिहान ११ बजे बस्दै छ ।

आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले हिजो साँझ बस्ने भनिएको बैठक आजका लागि सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरूसँग वार्ता गरी सहमति गरी विवाद टुंग्याउने सम्भावना रहेको र बैठक नियमित रूपमा सञ्चालन हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *