बलात्कारको आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ

३ भदौ,काठमाडौँ : बलात्कारको आरोपमा मोरङको बेलबारी नगरपालिका – १० घर भएका ३४ वर्षीय नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार असार २ गते बलात्कार गरेको र साउन २४ गते २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि तामाङलाई पक्राउगरेको हो ।

२० वर्षीया युवतीले दिएको किटानी जाहेरीका अनुसार तामाङ पोललाइट रेस्टुरेन्टमा सञ्चालक पनि हुन् । र उनले सोही रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *