बजेटले सङ्घीयताको मर्म बुझ्न सकेन: सांसद परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले सङ्घीयताको मर्मलाई बुझ्न नसकेको बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आर्थिक रूपमा सङ्घीयताको बारेमा उल्लेख्य काम हुन नसकेको गुनासो गरे । उनले केन्द्रले स्थानीय तहको अधिकार मिचेर सशर्त अनुदान दिएको बताए ।

प्रमुख सचेतक परियारले संघीयताबिरुद्ध खर्चालु भयो भन्नेजस्ता आवाज उठाएर सङ्घीयतामाथि मिथ्या सूचना फैल्याइएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *