बजारमा खुद्रा नोटको अभाव

चिसाङ्ग शेर्पा-असोज ६ खोटाङ, सुचना खबर, दशैँ तथा तिहार नजिकिएसँगै खोटाङमा खुद्रा पैसाको अभाव चर्किएको छ। हरेक ठाउँमा दशैं र तिहारका समयमा बढि मात्रामा प्रयोग गरिने खुद्रा पैसाको ‘स्टक’ हुन थालेपछि जिल्लामाखुद्रा नोटको अभाव भएको हो । सर्वसाधारणले दशैँ तिहारकालागि पहिल्यै खुद्रा पैसा ‘सञ्चित गरेर’ राख्ने गरेका कारण खुद्रा पैसाको अभाव भएको नेपाल राष्ट्रिय बाणिज्य बैंकशाखा कार्यालय दिक्तेलले जनाएको छ। दशैं तिहार नजिकिएसँगै जिल्लाका सरकारी तथा निजी बैंक, बितिय संस्था तथा बजारमा एक सयभन्दा कमका नोट पाइन छाडेको छ . सर्वसाधरणले दशैँ तिहारका लागि खुद्रा पैसा जोहो गर्न थालेका कारण बजारमा एक सय, पचास, बीस, दश र पाँचका नोट अभाव छ। बजारमाखुद्रा पैसाको अभाव हुँदा उपभोग्य सामान किनबेचमा समेत समस्या उत्पन्न भइरहेको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । खुद्रा पैसाको अभावमा किनमेलकाक्रममा फिर्ता लेनदेन गर्न समेत समस्या भइरहेको छ । अध्यक्ष लयाल’ले भने, खुद्रा पैसा नहुदा र ठुलो नोट नसाटिएको अवस्थामा सामान फिर्ता लिएर ग्राहकलाई रित्तो हात फर्काउन’पर्ने बाध्यता समेत आइरहेको छ।
राष्ट्रिय बाणिज्य बैंक, सालपा बिकास,सेंच्युरी, ज्योती विकास लगायतका बैंकमार्फत बितरण भइरहेको खुद्रा पैसाले सर्वसाधारणको माग धान्न सकेको छैन . समयमाखुद्रा पैसाको व्यवस्था गर्ने व्यवस्था नहुदा चाडबाडका समय खुद्रा पैसाको अभाव हुने गरेको स्थानीय बताउँछन्। दशैँतिहारका लागि अधिकांश सर्वसाधारणले साउन अन्तिम सातादेखि नै खुद्रा पैसा जोहो गर्ने गरेका छन् । खुद्रा पैसाको सञ्चितिकरणका कारण खुद्रा पैसा बजारमा आउन नपाउँदा हरेक दशैंतिहारमाखुद्रा पैसाको हाहाकार हुनेगरेको छ ।

लिलाम बिक्री छानबीनका विषयमा गम्भीर बन्न प्रशासनलाई आग्रह

चिसाङ्ग शेर्पा-असोज ६ खोटाङ, खोटाङका राजनैतिक दलका नेताले जिल्ला अस्पतालको उपकरण लिलाम बिक्री छानबीनका विषयमा गम्भीर बन्न प्रशासनलाई आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई आईतबार ज्ञापनपत्र बुझाउँदै जिल्लामा क्रियासिल दश दलका नेताले कौडीको दाममा लिलाम बिक्री गरिएको जिल्ला अस्पतालको उपकरण तथा सामान लिलाम बिक्रीका बिषयमा ढिला सुस्ती नगर्न आग्रह गरेका हुन् । लिलाम बिक्रीमा परेका उपकरण तथा सामानका बिषयमा छानबीन गर्न प्रशासन गम्भीर नबनेको आरोप भन्दै दलका नेताहरुले ज्ञापनपत्र सहित ध्यानाकर्षण गराउन प्रशासन पुगेका थिए । प्रमुख जिल्ला अधिकारी कार्कीले भने दिक्तेलका तीन स्थानमा फेला पारिएको उपकरण तथा सामानलाई शिलबन्दी गरेर छानबीन भइरहेको बताएका छन् ।
जिल्ला अस्पताल तर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४ थरिका उपकरण तथा सामान २६ हजार ५ सयमै लिलाम बिक्री गरिएको भन्दै जिल्लामा बिरोध भइरहेका थियो । गत फागुनमै लिलाम बिक्री गरेपछि, कतिपय उपकरण मर्मतपछि दिक्तेलमै खोल्न लागिएको एक निजी अस्पतालमा उपयोगमा ल्याउन लागिएपछि लिलामको विषय बाहिर आएको हो। ज्ञापत्रपत्र बुझाउँदै नेकपा क्रान्तीकारी माओबादीका किरात राज्य समिति सदस्य देबीप्रसाद रिजालले सार्वजनिक सम्पतीको जवाफदेहीता प्रति गम्भीर बन्दै षडयन्त्र र छलछाम गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

भुकम्पले भ्वाङ्ग बनाएपछि थेकछोक मिन्ट्रोल सम्तेन छोलिङ्ग गुम्बा प्रयोगविहीन

thekchhok-gumba-pic1चिसाङ्ग शेर्पा असोज १४ खोटाङ्ग
नेपालमा भुकम्प गएको डेढबर्ष बितिसक्दा पनि राज्यवाट पाउनुपर्ने क्षतिपुर्ती नपाउँदा दिक्तेल नगरपालिका-५ मा रहेको थेकछोक मिन्ट्रोल सम्तेन छोलिङ्ग गुम्बा प्रयोगविहीन भएको छ । गएको बर्ष बैशाख १२ गते शनिवारको महाभुकम्पले तहसनहस बनाएको गुम्बाले पुन निर्माण नपाउँदा डेढवर्षयता प्रयोगविहीन भएको हो । निर्माणकार्य सुरु भएको पाँचबर्षपछि फिनिसिङ्गको काम सकिए लगत्तै देउताको मुर्तीहरु ब्यावस्थापन गर्दैगर्दा भुकम्पले भवनको पश्चिमी साईडको गाह्रो भत्काएर भ्वाङ्ग बनाएको थियो । गुम्बा ब्यावस्थापन समिती केन्द्रिय कार्यलय काठमाडौको २ लाख,सहयोगी पेमा शेर्पाद्दारा कतारबाट आएको १ लाख र चन्दा संकलन गरी १४ लाख बरावरको निर्माण सम्पन्न भवन भुकम्पले प्रयोग गर्नै नसकिनेगरी क्षति पु¥याएको थेकछोक मिन्ट्रोल सम्तेन छोलिङ्ग गुम्बा ब्यावस्थापन समितीका अध्यक्ष फुरी शेर्पाले जानकारी दिए। भुकम्पले भवन काम नलाग्ने गरी भत्काएपछि प्रहरीले स्थलगत रिपोर्ट तयार पारेको र नगरपालिका तथा जिल्ला विकास समिती दिक्तेलले कुनै सुनुवाई नगरी अहिलेसम्म केही क्षतिपुर्ती नदिएको अध्यक्ष शेर्पाले बताए । शेर्पा समुदायमा मानव जन्म,विवाह,मृत्युजस्ता मानविय संस्कार कसरी गर्ने भन्ने ज्ञान दिन र लामा पढाउनका लागी गुम्बाको स्थापना गरिएको गुम्बा ब्यावस्थापन समितिले जनाएको छ । दश कार्यसमिति रहेको ब्यावस्थापन समितीले दिक्तेलका मुढे,पैंया,हुर्लुङ्ग, सोती, खार्मी, नुनथलाका ५०/६० घरलाई लाभान्वित हुने गरी गुम्बा निर्माण गरेका हुन् । गुम्बा निर्माणका लागी सोही स्थानका दोर्जे शेर्पाले ९ रोपनी बाह्र आना,निमदुरी शेर्पा र किमा शेर्पाले १ रोपनी चार आना गरी १२ आना निशुल्क जग्गा दिएका हुन् । भुकम्प गएको झण्डै १८ महिना वितिसक्दा पनि नगरपालिका,स्थानिय प्रशासनवाट कुनै सहयोग नपाएपछि गुम्बाको भबनलाई मर्मतसंभार गर्न नसकिएको अध्यक्ष शेर्पाको भनाई छ । सहयोगी संघसंस्था तथा मनकारी सहयोगी भावना भएकाहरुले सहयोग गरिदिए भत्किएर त्यतिकै बसेको भवनलाई सञ्चालन गर्न सकिने ब्यावस्थापन समितीको भनाई छ । सहयोगीहरुले स्वच्छिक सहयोग गरिदिन कार्यसमितिले आग्रह गरेको छ ।

तस्विर चिसाङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *