काठमाडौं ।सोमबार राति भएको युरोपियन च्याम्पियनसिप २०२४ को छनोट खेलमा फ्रान्सले ग्रिसलाई १-० गोलले पराजित गर्दै लगातार चौथो जित निकाल्न सफल भएको छ ।
फ्रान्सको जितमा एमबाप्पेले खेलको ५५ मिनेटमा पेनाल्टीमार्फत् गोल गरे।
जितसँगै समूह ‘बी’ मा फ्रान्सले ४ खेलबाट १२ अंक जोडेको छ।