फेरि ३ जना मन्त्रीहरु थपिए

काठमाडौ २६ भदौ- प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक मन्त्री मण्डल बिस्तार गरेका छन् । साेमबार राष्ट्रपति कार्यालयमा अायाेजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएर मंत्री मण्डल बिस्तार गरेका हुन् ।

प्रधानमन्त्री देउवालले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट ३ जना मन्त्री थपेका हुन् । नवगठित मन्त्रिमण्डलमा राप्रपाबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र सांसद् सुनिलबहादुर थापा मन्त्री भएका छन् ।

नवनियुक्त मन्त्री दीपक बाेहाेराले विज्ञान तथा प्रविधि, मन्त्री विक्रम पाण्डेले वन तथा भू संरक्षण र मन्त्री सुनिल थापाले उद्याेग मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *