फिल्म ‘आदिपुरुष’ बिरूद्द दिल्ली अदालतमा मुद्दा

काठमाडौं ।दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ थप बिबादमा परेको छ । फिल्ममा देखाईएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्‍याएको भन्दै हिन्दू सेनाले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ । हिन्दू सेनाले आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा रिट दायर गरेको हो ।

हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च अदालतमा जनहित याचिका दायर गरेको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन्।

निवेदनमा ‘आदिपुरुष’ लाई फिल्ममा धर्मगुरु, पात्र र व्यक्तित्वलाई गलत ढंगले प्रस्तुत गरी हिन्दू समुदायको भावनामा चोट पुर्‍याएको आरोप लगाइएको छ । महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दू धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रुपमा ब्याख्यासमेत गरी नयाँ नयाँ अविश्वनिय दृश्य देखाइएको छ ।

निर्देशक ओम राउतको ‘आदिपुरुष’ हिन्दू महाकाव्य रामायणमा आधारित फिल्म हो । फिल्ममा प्रभास ‘भगवान राम’, कृति सेनन ‘सीता’ र सन्नी सिंह ‘लक्ष्मण’ को भूमिकामा छन् । यो सँगै सैफ अली खानले ‘रावण’ को भूमिका निभाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *