प्रहरी नायव निरीक्षक सहित ६ प्रहरीलाई निलम्वन

वीरगञ्ज १४ असोज- लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गरी छाडेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले २ प्रहरी नायव निरीक्षक सहित ६ प्रहरीलाई निलम्वन गरेको छ ।

लागूऔषध तस्करसित मिलोमतो गरेको प्रमाण भेटिएकाले प्रसौनिभाटाका प्रसनी अनिल महतो र सबैठबाका प्रसनी महानन्द यादवसहित ६ जनालाई निलम्बन गरी कारवाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिएका छन् । निलम्बनमा पर्ने अन्य प्रहरीमा हबलदार मनोज मण्डल, जवानहरु सञ्जय यादव, प्रदीप साह र असर्फी साह छन् ।

गत ८ गते प्रसौनिभाटा चोकबाट चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरी कारवाही नगरी भगाएको उनीहरुमाथि आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *