प्रशान्त तामाङ्गको गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन

काठमाडौं ८ असार – सन् २००७ का इण्डियन आइडल प्रशान्त तामाङ्गले दार्जीलिंगमा भईरहेको गोर्खाल्याण्ड आन्दोलनलाई आफ्नो समथन रहेको बताएका छन् । स्थायी घर दार्जिलिङ भएका नेपाली भाषी भारतीय कलाकार तामाङले पछिल्ला दिनमा दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनलाई विषय बनाएर गीत रचना गरिरहेको बताएका छन् । दार्जिलिङसँग आफ्नो आत्मीय सम्बन्ध भएकाले त्यहाँको आन्दोलनको समर्थन नगरी बस्न नसक्ने प्रशान्तले बताएका छन् ।

गोर्खाल्याण्ड माग गर्दै सुरु भएको आन्दोलनमा बंगाल सरकारले गोली चलाएको र त्यहाँका नागरिकको मृत्यु भएको खबरले आफूलाई पीडा हुने गरेको समेत तामाङ बताएका छन् । ‘म आज जे छु, त्यो दार्जिलिङ अर्थात् पहाडका मानिसकै कारण भएको हुँ,’ इण्डियन्स एक्सप्रेससँग कुरा गर्दै प्रशान्तले भनेका छन्,

गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएका शान्तिपूर्ण प्रदर्शनमा पश्चिम बंगाल सरकारले सेना परिचालन गरेकोप्रति समेत प्रशान्तले आपत्ति जनाएका छन् । उनले दार्जिलिङ युद्धभूमि नभएको र सरकारले बिनाकारण सेना परिचालन गरेकोप्रति उनको आक्रोश छ।

‘दार्जिलिङमा किन सेना खटाइएको छ ? के दार्जिलिङ युद्धभूमि हो ? बोर्डर हो ?’ भन्दै प्रशान्तले बंगाल सरकारप्रति प्रश्न गरेका छन्,

Leave a Reply

Your email address will not be published. Required fields are marked *