प्रभावशाली ६ दल एक भएर जान्छ, चुनावी तालमेलमा कुरा मिल्छ, प्रजातान्त्रिक गठबन्धनकै बहुमत आउँछ : अध्यक्ष राणा

काठमाडौ २१ असोज – राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले ६ दलीय बृहत्त लोकतान्त्रिक गठबन्धन एक भएर जाने स्पष्ट पारेका छन् । उनले भने,‘हामी बृहत्त प्रजातान्त्रिक मोर्चामा आवद्ध ६ दल नै एक भएर अघि बढ्छौं, आउने चुनावको लागि तालमेलमा कुरा मिल्छ, र प्रजातान्त्रिक गठबन्धनकै बहुमत आउँछ।’ अध्यक्ष जबराले गठबन्धनले छिट्टै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने घोषणा समेत गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले वाम गठबन्धन निर्माण भएकोले आफूहरुले पनि लोकतान्त्रिक गठबन्धन बनाएको स्पष्ट पारेका हुन् । उनले गठबन्धनमा आवद्ध ६ वटै दलहरु बेग्लाबेग्लै विचारधारा बोक्ने दल भएकोले कसरी अघि बढ्ने भन्नेबारे साझा न्यूनतम कार्यक्रमहरु चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष जबराले आफूहरुको प्रजातान्त्रिक मोर्चा कसैको विरुद्धमा गठन नभएको जिकिर गरेका हुन् । उनले भने,‘हाम्रो गठबन्धन कसैको विरुद्धमा गठन भएको होईन, हामी त यो मुलुकमा बलियो, स्थायी सरकार बनाउनुपर्छ भन्ने पक्षमा छौं।’

वामपन्थी गठबन्धन बनेसँगै सबै प्रजातान्त्रिक शक्तिहरुलाई एक ठाउँमा आउनको लागि मद्दत पुगेको स्पष्ट पारे । उनले भने,‘वामपन्थीहरु एक भएकोले हामीहरु प्रजातान्त्रिक शक्तिहरु एक ठाउँमा आउन उत्साही भयौं।’ यद्धपी उनले प्रजातान्त्रिक शक्तिहरु वीचको गठबन्धनमा थुप्रै चूनौतिहरु भएको स्विकार गरे । अध्यक्ष जबराले भने,‘हाम्रो गठबन्धनलाई अबको चुनावमा विजयी गराउनुपर्छ, जनताले यही कुरामा ध्यान दिनुपर्छ।’ यद्धपी अध्यक्ष जबराले वामपन्थीहरुवीच यति छिटो ध्रुवीकरण हुनु उपर्युक्त नभएको जिकिर गरेका थिए । उनले भने,‘वाम गठबन्धन यति छिटो भन्नु नै उपर्युक्त थिएन्।’
मुलुकमा देखिएको राजनीतिक अस्थिरताको अन्त्यको लागिपनि बृहत्त प्रजातान्त्रिक मोर्चा आवश्यक रहेको उनले औंल्याए । जबराले भने,‘मुलुकलाई अब स्थिर सरकार चाहिएको छ, यो भयो भनेमात्रै मुलुकले विकासको गति लिन्छ।’ उनले वर्तमान प्रजातान्त्रिक गठबन्धन दिर्घकालिन रुपमै अघि बढ्ने समेत जनाए । उनले भने,‘यो बृहत्त प्रजातान्त्रिक मोर्चा बनाउनुपर्छ भनेर पहिले बोल्ने मान्छे मै हुँ, यही रिपोर्टर्स क्लब नेपालमा मैले धेरै पटक बोलेको छु।’
चुनावी तालमेलको लागि सिट संख्यामा कुरा मिल्ने समेत उनले विश्वास दिलाए । उनले भने,‘सिट संख्या बाँडफाँड गर्नेबारे पनि कुरा मिल्छ, अहिले कांग्रेस उदार हुनबाध्य छ, सरकार टिकाउनको लागि पनि आफ्नो पार्टनरको रक्षा गर्नुपर्छ, तुलनात्मक रुपमा कांग्रेस उदार छ।’
त्यस्तै उनले डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको पार्टी र आफ्नो पार्टीवीच साझा चुनाव चिन्ह लिएर चुनावमा जानेबारे छलफल चलिरहेको पनि जानकारी दिए । कमल थापा नेतृत्वको राप्रपा सँग पनि चुनावी तालमेल हुने उनले बताए । उनले थपे,‘यो हाम्रो बाध्यताहो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *