प्रधानमन्त्री निवासको खाजा खर्चमा कटौती

balutarअसोज १० काठमाडौ,प्रधानमन्त्री निवास बालुवाटारको खाजा खर्चमा व्यापक कटौती भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले खाजाकै रुपमा थामी नसक्नुको बिल आउन थाले पछि राज्यकोषबाट अनावश्यक रुपमा खर्च भएको भन्दै खर्च कटौतिको निर्देशन दिएका हुन् ।
यस अघि होटल सोल्टी, अनमोल क्याटरिङ र बुद्धनारायण खाद्यान्न सप्लायर्स बाट खाजा ल्याउने गरिएको थियो ।पछिल्लो पटक गत शाउन २० गते, सोल्टी होटेल बाट ७ लाख २४ हजार,२ सय ४७ रुपैयाँ, अनमोल क्याटरिङ बाट ८ लाख ४८ हजार ४२ रुपैयाँ र बुद्धनारायण खाद्यान्न सप्लायर्स बाट ५ लाख, २५ हजार, १ सय ६५ रुपैयाँको चिया खाजाको बिल आएको देखिन्छ ।
अघिल्लो सरकारको पालामा खाजा चियामा बढी खर्च भएको भन्दै आलोचना भए पछि, अहिले खाजा खर्चमा व्यापक कटौती गरि चिया र कुकीज बिस्कुट मात्र दिन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *