प्रधानमन्त्रीले भक्ति प्रसाद पाण्डेको पार्थिव शरीरमा पार्टिको झण्डा ओढाएर श्रद्धाञ्जली दिए

कार्तिक ३० काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका नेता तथा सांसद भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आइतबार साँझ उपचारको क्रममा निधन भएका पाण्डेको पार्थिव शरीरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको झण्डा ओडाएका थिए।

पाण्डे लामो समयदेखि क्यान्सरको समस्याबाट ग्रसित थिए । श्रद्धाञ्जली कार्यक्रममा सभामूख ओनसरी घर्ति, मन्त्रीहरु जनार्दन शर्मा प्रभाकर, हितराज पाण्डे, अजयशंकर नायक, दलजित श्रीपाइली, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, पूर्वसभामूख सुवास नेम्वाङ, नेताहरु टोपबहादुर रायमाझी, वर्षामान पुन, गीरिराजमणि पोख्रेल, अमिक शेरचन, पम्फा भुसाल, अग्नी सापकोटा, शक्ति बस्नेत, मातृका यादव, महेन्द्र राय यादव, चक्रपाणि खनाल, हिसिला यमी लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *