प्रदेश र प्रतिनिधि सभाकोनिर्वाचनमाभारतको पूर्ण सहयोग, साथ र समर्थन छ : दिपकुमार उपाध्याय

काठमाडौं, ७ कातिक – निवर्तमान राजदुतदिपकुमार उपाध्यायले नेपालमाहुन गैरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमाभारतको पूर्ण सहयोग, साथ र सद्भाव रहेको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमाबोल्दै उपाध्यायले अहिले देखिएको वामगठबन्धनलाई भारतले सहज रुपमालिएको समेत जानकारी दिए । उनले भने,‘खासगरी यो वाम गठबन्धन चुनावजिताउनको लागिमात्रै हो भन्ने देखिएको छ, अरुलाई शंकागर्नुहुँदैन, आफ्नो अभिभारा नेपालीआँफैले लिनुपर्छ, चुनावगर्ने जिम्मेवारी हाम्रो हो।’
क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमाबोल्दै उपाध्यायले नेपालको चुनावप्रतिभारतको सदैव साथ र सहयोग रहेको समेत सुनाए । उनले भने,‘नेपालको चुनावलाई लिएर भारत सरकारले पनिऔपचारिक रुपमा समर्थन, सद्भाव र सहयोग रहन्छ भनेको छ, त्यसैले भारतप्रतिनेपालले कहिल्यै शंकागर्नुहुँदैन्।’

भारतकालागिनिवर्तमान राजदुतउपाध्यायले २ वर्षै कुटनीतिक यात्राबाट आफूले विश्रामलिएर पूनः राजनीतिमै फर्किएको स्पष्ट पारेका छन् । उनले भने,‘जीवन पाठशाला हो, नमरुञ्जेलसम्मसिक्ने हो, विशेष समयमाविशेष भूमिकानिर्वाह गरेर म पूनः राजनीतिमाफर्किएको छु, राजदुतभएर बेलापनि म तत्कालिन पार्टी सभापति सुशिलकोइराला र तत्कालिन राष्ट्रपति रामवरण यादवको विशेष आग्रहलाई सम्मान गरेर राजदुतको भूमिकानिर्वाह गरेको हुँ, मैले त्यतिवेलापनिफर्कन्छु भनेर नै जानकारी गराएको थिएँ ।’

दुई वर्षे आफ्नो भारत बसाईको क्रममाआफूले विवेकले भ्याएसम्मखुल्ला हृदयले काम गरेको विश्वास दिलाए । उनले भने,‘अहिले नेपाल–भारत सम्बन्ध सुमधुर छ, प्रगाढ छ, मैले के कतिकाम गरें भन्ने कुरा जनताले राम्रोसँग बुझ्नुभएको छ।’ उनले कपिलबस्तुजस्तो बुद्ध जन्मेको माटो, पवित्रभूमि र त्यहाँकाजनताले आफूलाई माँग गरेको सुनाउँदै कुटनीतिकबाट मर्यादितअवतरण लिएको स्पष्ट पारे ।

उनले अघि थपे,‘हिजो मेरो राजिनामा स्विकृत भएको छ, यो मर्यादित कुटनीतिक अवतरणसँगै म नेपाल सरकार र सम्मानीयप्रधानमन्त्रीज्यूप्रतिहार्दिक आभार व्यक्तगर्दछु।’ २ वर्षे कार्यकालको कोर्सलाई सहज रुपमा पूरा गरेर आफू पूनः राजनीतिमा नै सक्रियहुनलागेको भन्दै नैतिक बन्धनबाट खुल्लाभएको महशुस आफूले गरेको उनले सुनाए ।

उनले संसदको म्याद सकिएको अवस्थामाआफ्नो राजिनामाअन्तिम–अन्तिमअवस्थामा स्विकृत भएकोले तत्काल राजदुतनियुक्तहुननसक्ने अवस्थाभएपनिनेपालको परराष्ट्र सेवाअत्यन्तै चुस्त–दुरुस्त र सक्षम नेतृत्व रहेकोले कुनै समस्यानआउने विश्वास दिलाए ।

उनले कांग्रेसले सकेसम्मचुनावीतालमेल नगरीकनएक्लै चुनाव लड्नुपर्नेथियो भन्दै अहिले देखिएकाचुनावीतालमेल पनि स्वभाविक रहेको स्पष्ट पारे । उनले थपे,‘पहिलो कुरा जितेपनिवाहारेपनिकांग्रेस चुनावएक्लै लडनुपर्दथ्यो, हामीतत्कालिनलाभकावे पक्षमा छैनौं, मुलुकले जित्नुपर्छ, जनताले जित्नुपर्छ भन्ने पक्षमा छौं।’

उनले लेफ्ट एलायन्स आक्रमक रुपमाउत्रिएकोले लोकतान्त्रिकशक्तिहरुवीचचुनावीतालमेलको प्रयास भैरहेकोले पहिलो कुरा देश र जनताले जित्नुपर्ने धारणा राखे । उनले भने,‘लोकतन्त्रले जित्नुपर्छ, देशले जित्नुपर्छ।’

उनले वाम गठबन्धनले पार्टीको सर्वोच्चतातर्फ ईंगितगर्ने बताउँदै भने,‘पार्टीको निर्णयपछि जनताको अभिमत घोप्टिन्छ भन्ने उहाँहरुको सिद्धान्त छ, जुनआँफैमालोकतान्त्रिकमुल्य र मान्यताको विपरित छ, आवधिकनिर्वाचनको माध्यमबाट जनताको अभिमतबाट स्थापित् हुने सर्वोच्चतालाई चुनौति दिन्छ, जुन कुरा लोकतन्त्रवादीहरुलई कहिल्यै स्विकार्य हुँदैन्।’
जनताले भोट कहाँखन्याउने कुरालाई आफूले जनताको विवेकसँगजोडेर लिएको भन्दै आउने निर्वाचनमा समते जनताले सही निर्णय लिने उनको विश्वास थियो । ‘निर्वाचनलाई वैचारिक बहसको रुपमा लैजानुपर्छ, राजनीतिक निष्ठा र आर्दश छोड्नुहुँदैन्’ उनले भने।

तपाई कपिलवस्तुको कुन क्षेत्रबाट चुनाव लड्दैहुनुहुन्छ भनेर पत्रकारले सोधेको एक प्रश्नमाउनले भने,‘पार्टीले मलाई कुन रुपमाउपयोग गर्छ भन्ने कुरा हो, म त पार्टीले दिएको भूमिकानिर्वाह गर्न तयार छु, मैले सबैलाई मिलाएर जानुपर्छ, कपिलवस्तुको माटोले जे भन्छ म त्यहीगर्न तयार छु, म आफ्नो कर्मममा निष्ठापूर्वक लाग्छु।’

भारत बसाईको क्रममाआफूले विकासका धेरै मोडेलहरु देखेको स्मरण गराउँदै नेपाल भू–स्वर्ग भएकोले निर्वाचनपछि मुलुकले विकासको गतिलिने उनको विश्वास थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *