प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथिको छलफल जारी रहने भएको छ ।

गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको थियो । हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा र जिज्ञासा राखिसकेका छन् ।

विपक्षी सांसद्हरुले बजेटमाथि प्रश्न उठाउँदा सत्ता पक्षका सांसद्हरु बचाउमा उत्रिँदै आएका छन् । यद्यपि नेकपा एकीकृत समाजवादी र जसपाले बजेट सीमित जिल्लामा केन्द्रित भएको भन्दै पास गर्न नदिने चेतावनी दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *