काठमाडौं १७ असार- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भावी मन्त्रीहरुको सुचि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर दाहालले माओवादी केन्द्रका तर्फबाट भावी मन्त्रीहरुको सुचि बुझाएको स्रोतले बताएको छ ।
माओवादी केन्द्रले देउवा सरकारमा ९ मन्त्रालय पाउने भएको छ । यस अगाडी नै कृष्णबहादुर महरा उपप्रधानसहित परराष्टमन्त्री बनेका छन् भने नेता जनार्दशन शर्मा गृह र प्रभु शाह शहरी विकास मन्त्री बनि सकेका छन् ।
दाहालले सवै क्षेत्र र समुदायलाई समेटेर मन्त्री छनोट गरेका छन् । मोरङबाट निर्वाचित सांसद शिवकुमार मण्डल १ नम्बर प्रदेशबाट मन्त्री बनाएका छन् । उनलाई आपूर्तिमन्त्रीमा दाहालले सिफारिस गरेका छन् । दाहालको सिफारिसमा रामेछापका सांसद श्यामकुमार श्रेष्ठ, सामान्य प्रशासनमन्त्री, महेन्द्रबहादुर शाही ऊर्जामन्त्री, तनहुकी आशा कोइराला परेका छन् । त्यसैगरी स्वास्थ्यमन्त्रीमा गिरिराजमणी पोखरेलको नाम सिफारिस गरेका छन् ।