प्रचण्डको प्रश्न– गोहीको आँसु झारेर कसैले पत्याउँछ ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको धारा ७६ (५) प्रतिनिधिसभालाई दिएको विशेष अधिकार भएको बताएका छन् । कुनै दलको सांसदले बहुमत सिद्ध गर्ने आधार प्रस्तुत गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको स्मरण गरे ।

उनले लोकतान्त्रिक प्रणालीमा हमला भएको भन्दै एमालेले गोहीको आँसु झारेको बताए । उनले प्रश्न गरे– गोहीको आँसु झारेर कसैले पत्याउँछ ?

सशरीर उपस्थित हुने बताउँदासमेत राष्ट्रपतिले हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री नियुक्त नगर्नु लोकतन्त्रप्रतिको उपहास भएको प्रचण्डले दाबी गरे ।

संविधानको अन्तिम व्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्चलाई दिएको पनि उनले स्मरण गराए । संसद् पुनस्र्थापना गर्नु लोकतान्त्रिक भएको उनले बताए ।

आफैँ मार्गप्रशस्त गर्छु भनेर रातारात संसद् विघटन गर्नु लोकतान्त्रिक हो भन्दै उनले प्रतिप्रश्न गरे । सर्वोच्चले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै प्रचण्डले संविधानको धारा ७६ (५) को व्याख्या गरेको बताए । संविधानको धारा ७६ (५) किन राखेको भन्ने प्रश्न प्रचण्डले बताए ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलको क्रममा प्रचण्डले माओवादी केन्द्रको संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको जानकारी गराए ।

शपथग्रहणपछि कुर्सी साट्ने क्रम पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले भंग गरेको उनले बताए । ओलीसँग लोकतान्त्रिक संस्कार, भिन्न मतलाई स्वीकार गर्ने संस्कार नभएको रूपमा अथ्र्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *