पूर्व मन्त्रि माधब घिमिरेको अन्त्यष्टि

madhab ghimireअसोज १४ काठमाडौ, चितवनको दारेचोकस्थित घोप्टेभीरबाट गाडिसहित त्रिशुली नदीमा खसेर हराइरहेका पूर्व गृहमन्त्री माधव घिमिरे र उनका भाइ प्रकाश घिमिरेको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

एक साता सम्म पनि नभेटिएपछि परिवारले उनको निधन भएको विश्वास गरी कुशको प्रतिरुप बनाएर अन्त्यष्टि  गरेका हुन् ।

सो दुर्घटनामा निधन भएकी घिमिरेकी आमा चैतन्यकुमारीको शवसँगै छोराहरुको पनि दाहसंकार गरिएको हो । चैतन्यकुमारीको शवमा नाती तथा घिमिरेका छोराले दागबत्ती दिए ।

आज भएको अन्त्येष्टी कार्यक्रममा , उपप्रधानमन्त्रि बिमलेन्द्र निधी, मुख्यसचिव सोमलाल सुवेदी लगायत सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *