पूर्व प्रधानमत्री डा. बाबुराम भट्टराईले खोटाङ्गे भेलालाई गरे सम्बोधन

baburam bhataraiईन्द्र जिजीबिषा-असोज ५ काठमाडौ, नयाँ शक्ति पाटी नेपालका संयोजक डा.बाबुराम भट्टराईले हिजो, ललितपुरस्थित मदन राईको घरको सभाकक्षमा नयाँ पाटी प्रती चासो र आस्था राख्ने एक भेलालाई सम्बोधन गर्नु भयो ।

सभालाई सम्बोधन गर्दै डा बाबुराम भट्टराईले भन्नू भयो, समाज चाहिँ कम्प्लेक्स चिज हो र राजनीतिक, साँस्कृतिक, सामाजिक सबै चिजहरु मिलेर समाज बनेको हुन्छ ।

फेरि सबै चिजलाइ जोड्ने पनि त्यही राजनीति हो । भर्खरै संविधान दिवस मनाइयो। तर, कसैले यो संबिधानलाई दिपावाली मनाए त कसैले बिरोध गरे । यो संबिधानले सबैलाई समेट्नु सकेको छैन ।यो संबिधान अपुर्ण छ । जनताहरु असन्तुष्ट छन ।  त्यसैले अब, यो संबिधानलाई संतुलन गरेर लानु पर्छ तर अर्को संबिधान लेख्ने, अर्को संविधान सभाको चुनाव गर्ने, चाहिँ हैन ।

औपचारिक रुपमा जुन संविधान बन्यो, त्यसले लोकतान्त्रिक युगलाई पूरा गर्‍यो । तर त्यसले विकास र समृद्धिको जग बसाउन सकेन । नेपाल गरिबी, बेरोजगारीको दुस्चक्रमा फसेको छ ।  त्यसलाइ त्यो भन्दा माथी निकाल्न सकिएन भने, हामीले प्राप्त गरेको लोकतान्त्रिक आधार, व्यबहारमा लागू हुदैन ।

दुनियाँ कहाँ देखि कहाँ पुगि सक्यो । हामीलाई चाही, बिहान बेलुका हातमुख जोड्नु पनि समस्य परिरहेको छ । त्यसैले अबको राजनीति चाहिँ विकास र समृद्धिको नै हुनु पर्छ । राजनीति अरु पनि हुन्छन् । अर्थ राजनीति, साँस्कृतिक राजनीति, सामाजिक राजनीति तर ती सबै सहायक हुन् । मुख्य चाहिँ विकास राजनीति बनाउनु पर्छ ।

हिजोका दिनहरुमा, कांग्रेस, एमाले, एमाओवादी, मधेसी जनजाति सबैले आ-आफ्नो भूमिका निर्वाह गरे । तर अब चाहिँ विकास र समृद्धिको निम्ति एजेन्डा नै फरक भएकाले, फरक खालको सोच, फरक शैली र फरक खालको क्षमता भएको मान्छेहरु आउनु पर्छ भन्ने हो । हामीले यो अभियान पनि सुरु गरेका छौ । यो हिजोका कुनै पनि पाटीको पर्याय रुप हैन ।

यो एमाओबादीको, कांग्रेसको, एमालेको, जनजातिको, मधेसीको भन्ने हैन । यो सबै पाटी बाट केही गरौ भन्ने,राम्रा असल र फरक शैली भएका केही आर्थिक उन्नति गरौ भन्ने, मदन राई जस्तो, केही न केहि क्षमता भएका सवै क्षेत्रका व्यक्तिहरु मिलेर, राष्ट्रिय अभियान चलाउ भनेर, तयार गरिएको पाटि नयाँ शक्ति हो ।

हाम्रो पाटीले केही नयाँ अवधारणा ल्याएको छ । ७ बर्ष भित्र गरिबी र बेरोजगारीलाई उन्मुलन गर्ने । १५ बर्ष भित्र नेपाललाइ मध्यम स्तरमा पुर्‍याउने । २५ बर्षमा चाहिँ विकसित देश बनाउने ।

यहाँ कोहि खस ब्राह्मणको पाटी, कोहि आदिवासी जनजातिको पाटी त कोहि मधेसिको पाटी विद्यमान छन् । तर त्यो गलत हो ।पाटी भनेको सबै जाति, सवै भाषा अनि सबै धर्मको हुनु पर्छ । अनि मात्रै सबैको समस्यलाई समेट्न सकिन्छ ।

अहिलेको लोकतन्त्र पनि औपचारिक लोकतन्त्र जस्तो छ । अब यसलाई पनि प्रत्यक्ष लोकतन्त्र बनाउनु पर्छ । हामी चाहन्छौ,केन्द्रमा, प्रदेशमा, जिल्लामा, गाउँमा प्रत्यक्ष निर्वाचीत पदाधिकारी, सुशासन र सदाचार हुनु पर्छ ।  अब पनि १०,२० सिट ल्याउने, सरकारमा बार्गेनिङ गर्ने समय हैन । अब प्रत्यक्ष जितेर, देशको नेतृत्व ५ बर्ष पूरा चलाउने हुनु पर्छ अनि त्यस्ले मात्रै विकास र समृद्धि दिन सक्छ ।

हामी लोकतान्त्रिक पद्धति बाट जाने हो ।फेरि पनि बिद्रोह  गरेर, सैनिक कु गरेर,अगाडि बढ्ने भन्ने हुदैन र त्यस्तो सम्भव पनि छैन भन्नू भयो ।

कार्यक्रममा, मदन राई, अधिवक्ता देबराज कटवाल,मणि राई, विरबहदुर राई, अगम शिं राई, सुर्य राई, ईन्द्र नाराथुङे, कटक राई, बिसन राई, युगसन राई, किशोर राई , मोहन गुरुङ, नैन कला राई,सरिता तामाङ लगायत सयौको उपस्तिथि थियो । कार्यक्रममा डा. बाबुराम भट्टराईको हात बाट,  १०० भन्दा बढिलाई सदस्यता वितरण पनि गरिएको थियो ।khotange bhela

Leave a Reply

Your email address will not be published. Required fields are marked *