पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि ठोस पहल हुँदैछ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन्।

पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सार्थक बनाउने बताएका छन् ।

माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने बताउँदै उनले एक हुँदा मात्रै देश सही दिशामा अगाडि बढ्ने बताए।अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन गरेर माओवादीलाई पुनर्निर्माणमा गर्ने तयारीमा रहेको पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *