पहिरो पन्छाउन एमाले कार्यकर्ता

pahiroभदौ २२, काठमाडौं । ताप्लेजुङमा गत शुक्रबारको पहिरोले भत्काएको जिल्लाको विभिन्न स्थानको पैदल मार्ग खुलाउन नेकपा एमालेले आफ्नो स्वयमसेवक दस्ता परिचालन गरेको छ ।

विभिन्न गाविसबाट सदरमुकाम आवतजावत गर्ने करिव एक दर्जन गोरेटो तथा घोरेटो बाटो पहिरोले बगाएकाले सो बाटोहरु खुलाउन दस्ता परिचालन गरेको युवा संघ नेपालका केन्द्रीय सदस्य दिपेन पोमुले बताए ।

बाटो खुलाउनका लागि ६० जनाको टोली खटिने उनले जानकारी दिए । स्वयम सेवक दस्ताले मंगलबार हिटि बजारदेखी पानीटेङ्कीहुँदै ल्याङबा र सेसम्बु जाने १ सय १० मिटर घोरेटो बाटो निर्माण गरेको र आज बाँकी स्थानमा दस्ता परिचालन गरेको छ ।

सो बाटो खुलेसँगै जिल्लाका पूर्वी क्षेत्रका एक दर्जनबढि गाविसका स्थानीयलाई सदरमुकाम आवत जावतमा सहज भएको छ । ताप्लेजुङको सदमुकाम आसपासका क्षेत्रमा गत शुक्रबार पहिरो जाँदा चारजनाको मृत्यु भएका साथै ८० घरपरिवार विस्थापित भएका छन् ।

यसैबीच पहिरोका कारण सुक्रबार साँझ देखि अबरुद्ध मेचि राजमागै अझै खुल्न सकेको छैन । राजमार्गका विभिन्न स्थानमा पहिरो झरेकाले पुर्ण रुपमा खुलाउन अझै केहि दिन देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *