‘पशुपति प्रसाद २ : भष्मे डन’ को पहिलो गीत ‘दुई चुल्ठी बाटन’ सार्वजनिक

१४ भदौ, काठमाडौँ : बिहीबार जनैपूर्णिमाको अवसरपारी ‘पशुपति प्रसाद २ : भष्मे डन’ को पहिलो गीत ‘दुई चुल्ठी बाटन’ सार्वजनिक भएको छ ।

गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ । भने गीतमा बी पाण्डेको शब्द रचना, सुवास भुसालको संगीत, मेलिना राई र निशान भट्टराईको स्वर छ ।
दीपेन्द्र के खनाल निर्देशित यस फिल्ममा खगेन्द्र लामिछानेको लेखन, नीरज कँडेलको छायांकन रहेको छ भने प्रवीण सिंहको नृत्य निर्देशन रहेको छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा बिपिन कार्किसहित सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापामगर, विभु पौडेल र प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *