नेम्वाङको शवयात्रा सुरु

२८ भदौ, काठमाडौँ : संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि बालुवाटारस्थित उनको निवासबाट निकालिएको छ ।

उनको पार्थिव शरीरलाई शवयात्रासहित बालुवाटारबाट पशुपति लगिएको छ । शवयात्रामा नेकपा एमालेका नेता तथा कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको छ ।

बालुवाटारदेखि शिक्षण अस्पताल, नारायणगोपालचोक, धुम्बाराही, चाबहिल हुँदै पशुपतिसम्मको यात्रा गर्ने एमालेले जानकारी दिएको छ । नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *