नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन सकेको छैन: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताएका छन् ।

राष्ट्रिय धान दिवस मनाउन पत्नी राधिका शाक्यसँगै चितवन पुगेका ओलीले पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि नै भएको बताए ।

उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको भन्दै राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले बृद्धि गर्नुपर्ने ओलीको भनाइ रहेको छ ।

नेपालको ६० प्रतिशत भन्दा बढी जनसंख्या अहिले पनि कृषिमा आधारित रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *