नेपाल औषधि लिमिटेडले पुन: औषधि उत्पादन सुरु गर्‍यो

काठमाडौ २५ वैशाख, लामो समय देखि बन्द रहेको नेपाल औषधि लिमिटेडले पुन: औषधि उत्पादन सुरु गरेको छ ।नेपाल औषधि लिमिटेडले आइतबारबाट जीवनजलको उत्पादन सुरु गरेको हो ।

नेपाल औषधि लिमिटेडले ३ महिनाभित्र सिटामोल लगायतका अन्य ट्याब्लेटहरू उत्पादन गरी बजारमा पुर्‍याउने लक्ष्य लिएको छ । दोस्रो चरणमा अत्यावश्यक र बजारमा खपत बढी हुने १५ भन्दा बढी प्रकारका नयाँ औषधिसमेत उत्पादन गर्ने लक्ष्य राखेको छ । तेस्रो चरणमा उद्योगले क्याप्सुल, पेनिसिलिन गु्रपका औषधि, झोल तथा मलमहरू उत्पादन गर्ने गरी अति आवश्यक औषधिहरूको उत्पादनलाई समेत अगाडि बढाउने जनाएको छ ।

आधुनिक औषधि उत्पादन सरकारबाटै गर्ने उद्देश्यका साथ कम्पनी ऐन ०२१ अन्तर्गत सरकारी स्वामित्वमा लिमिटेडको स्थापना ०२९ मा भएको थियो । उक्त उद्योगले १ सय २० थरीका औषधि उत्पादन गरी बजारमा बिक्री गर्दै आएको आएकोमा विक्रम संवत २०६६ साल देखि उद्योग पूर्ण रूपमा बन्द थियो ।

सोही कार्यक्रमअन्तर्गत सरकारले औषधि उत्पादनका लागि विश्व स्वाथ्य संगठन (डब्लूएचओ) ले तय गरेको डब्लूएचओजीएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्न सरकारका तर्फबाट १४ करोड ६५ लाख रुपैयाँ ऋण लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । जसअन्तर्गत पहिलो किस्ता बापत ६ करोड ४८ लाख रुपैयाँ निकासा भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *