नेपाल एयरलाइन्सको दुबईमा नयाँ कार्यालय उदघाटन

युएई, १३ माघ- नेपाल एयरलाइन्सले दुबईमा नयाँ कार्यालय उदघाटन गरेको छ । देरा दुबईको सलाउदिन एरियामा नयाँ कार्यालय यूएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयालको प्रमुख आतिथ्यमा उदघाटन भएको हो ।

नेपाल एयरलाइन्सले दुबईमा सन् २०१६ अगस्ट १८ देखि सेवा पुनः सुरू गरेको हो । आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि सातामा ४ वटा उडान भरिरहेको नेपाल एयरलाइन्सले अनलाइन टिकट बुकिङको व्यवस्था गरेको छ ।

उनले नेपाल एयरलाइन्सले सस्तो दर, ५ सय ९० दिराममा एकतर्फी र ११४५ दिराममा दुईतर्फी टिकटका साथमा गुणस्तरीय सेवा दिएको दाबी समेत गरेको छ ।हरेक टिकटमा ४० किलो लगेजका साथमा ७ किलो छुट्टै हातमा सामान लान सकिने र यात्रामा खानाका जुस, चिया, कफिको ब्यबस्था समेत भएको जानकारी दिएका छन् ।
नेपाल एयरलाइन्सको बोर्डिङ पास वाहकलाई चन्द्रागिरि हिल्स प्राली र काठमाडौं ग्रुप अफ होटेलले आफ्नो सेवामा ३० प्रतिशत छुट दिने पौडेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *