नेपालले वेवास्ता गरे पछि, चिनियाँ राष्ट्रपतिले बंगलादेश भ्रमण गर्ने

असोज २६ काठमाडौ, ३० वर्ष पछि चिनियाँ राष्ट्रपतिले बंगलादेश भ्रमण गर्ने भएको छ । राष्ट्रपति सी जिनपिङ १४ अक्टोबरमा ढाका पुग्नेछन् । नेपाल भ्रमण गर्ने चर्चा चले पनि नेपाल सरकारको भारत पर्तिको झुकाब र चीन प्रतिको बेवास्ताको काराण अहिले सम्म कुनै टुंगो लागेको छैन ।

भारतको गोवामा शनिबारदेखि शुरु हुने ब्रिक्स राष्ट्रहरुको बैठकमा सहभागी हुन चिनियाँ राष्ट्रपति शनिबार भारत जाँदैछन् । यसक्रममा उनी नेपाल आउने भनिए पनि अहिलेसम्म यसको सुनिश्चित भएको छैन । तर, उनको बंगलादेश भ्रमण चाँहि निश्चित भएको छ । चिनियाँ राष्ट्रपति पहिलोचोटि शुक्रबार बंगलादेश जाँदैछन् ।

बंगलादेशका वित्त आयोजना राज्यमन्त्री एमए मन्नानले राष्ट्रपति सीको यात्राका क्रममा ऋण सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । तथापि उनले ऋण रकम कति हुने भन्ने बताएका छैनन् । तर त्यसक्रममा चीनले बंगलादेशलाई ४० अर्ब डलर बराबरको ऋण घोषणा गर्ने चर्चा छ ।

उता चिनियाँ सञ्चारमाध्यमले जनाए अनुसार त्यहाँका विदेशमन्त्रालयका सहमन्त्री कोङ च्वानोऊले भनेका छन् कि राष्ट्रपति सीको बंगलादेश भ्रमण एउटा कोशेढुंगा सावित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *