नेपालको पहिलो कृषी पर्यटन पदमार्ग “पानोरमा हिल ट्रेक्” खोटाङ

ईन्द्र जिजीबिषा- कृषी प्रधान देश नेपालको पहिलो कृषी पर्यटन पदमार्ग “पानोरमा हिल ट्रेक्”। खोटाङ जिल्लाका महत्व पूर्ण पर्यटकिय गन्तब्यहरु सुनपातल्, पानोरम हिल, जन्ती ढुङ्गा, बाराहा पोखरी आदीलाई समेटेर कृषी पर्यटन पदमार्ग तयार पारिएको हो ।

कृषी पर्यटन पदमार्गमा घुम्न आउने पर्यटकहरुले हिमाल्, पहाड्, तराइ, लेक र बेसी तथा कृषि, कला, सस्कृति, प्रकृती र जनजिवन एकै पटकको बसाइमा अबलोकन गर्न सक्छन । कृषी पर्यटन पदमार्ग नेपालको पर्यटन इतिहासमा नयाँ प्रयोग हो। जस्ले कृषी पर्यटन मार्फत् बिधिवत रुपमा पर्यटन क्षेत्रमा एक नयाँ युगको सुरुवात गरेको छ ।

agricultural holidays nepal

हिमालयन अर्गानिक फर्म नेपाल तथा बेस क्याम्प एक्स्कर्सन प्रा लि को सयुक्त प्रायसमा अध्यायन समपन्न भएको पानोरमा हिल ट्रेकले खोटाङ जिल्लाका दक्षिण पुर्बी गा बि स हरु सुन्तले, फाक्टाङ्, साउनेचौर्, मौवाबोटे, दिप्लुङ र बाराहा पोखरी समेतलाई समेटेको छ । “बिश्वका धेरै देशहरु कृषी पर्यटन मार्फत आर्थिक बिकासतर्फ उन्मुख भैरहेको बेला नेपालमा पनि प्रचुर सम्भावना रहेको कृषी पर्यटनको प्रबर्दन, उपयोग गर्नसके ग्रामीण समुदायको समग्र  बिकास हुनेमा दुइ मत छैन” । नेपाल कृषी पर्यटन प्रबर्दनका अभीयन्ता तथा बेस क्याम्प एक्स्कर्सन प्रा लि का प्रबन्ध निर्देशक शंकर प्रसाद बन्जरा ले बताउनु भयो ।

जियो टुरीजमको अबधारणा अनुसार स्थापना भएको यस कृषी पर्यटन पदमार्गमा घुम्न आउने पर्यटकले बातावरण्, सम्पदा, कला, सस्कृती, प्राकृतिक सुन्दरता, धारातलिय बिबिधता, जनजिबिका सँग प्रत्यक्ष सहभागिता जनाउदै समुदायको आर्थिक तथा समाजिक बिकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ । देशकै पहिलो कृषी पर्यटन पदमार्गको दुबैपटी सम्भब भए सम्म नेपालमा पाइने सबै प्रजातीका बनस्पती रोप्ने र एक बोटानिकल रुटको रुपमा बिकास गर्दैलाने उदेश्य राखेको छ ।agri tourism trail nepal

प्रकृतिसँग रमाउन मन गर्नेहरुका लागि ४ दिनको यो पानोरमा हिल ट्रेक सबै भन्दा उपयुक्त गन्तब्य हुन सक्छ । ८००० मिटर माथिका बिश्वका ६ अग्ला हिमालहरु, कन्चनजङ्घा, मकालु, ल्होत्से, सगरमाथा, चोयु र मनास्लुको दृश्य एकै ठाउँबाट देखिनु, नेपालका २७ भन्दाबढी जिल्लाको भुदृश्य एकै ठाउँबाट अबलोकन गर्न सकिनु, महाभारत पर्बत, तराइको समथर भुभाग तथा भारतको निकै ठुलो भुभाग हेर्न सकिनु, ३६० डिग्री पानोरमा र आकर्षक भुदृश्य जस्ले नेपालको भौगोलिक अवस्थाको पुरै जानकारी दिनु, लेक्, बेशि, तराइ, पहाड र हिमालको कृषी प्रणालि, प्राकृतिक खेतिपातीको अबोलकन गर्नसकिनु, सयौँ प्रजातिका चराचुरुङ्गी, जनावर, जडीबुटिहरु पाइनु, रहस्यमय गुफाहरु, जातिय र सास्कृतिक बिबिधता झाल्किने होम स्टेहरु सन्चालन गर्ने तयारी हुनु यसका प्रमुख बिषेशता हुन ।

सुन्दरताले भरपुर सुनपातल डाडा, दुधकोशी नदी, फेमा डाडा, राप्चा डाडा, पानोरमा हिल्, दिप्लुङ डाडा, जन्ती ढुङ्गा, बाराहा पोखरी, ठुली बेसि आदी ठाउँहरु जस्ले पर्यटकहरु लाई बिभिन्न किसिमले मन्त्रमुग्ध गराउछन ।agricultural tours nepal

सुनपातल

सुनपातल डाडा समुन्द्र सतह बाट १५२० मिटर उचाइमा अबस्थित छ । दुध कोशी, हिमाल्, पहाड र तराइको सुन्दर दृश्यले यो पहाडको सौन्दर्य बढाएको छ । रहस्य पूर्ण झाक्री गुफाहरु, बनस्पति, जिवजन्तु, मनोरम सुर्योदय र सुर्यस्था, बोक्सी गुफा, र रकक्लाईम्बिङ गर्ने ठाउँहरु यहाँका मुख्य अकर्षणहरु हुन ।

बाराहा पोखरी

खोटाङ जिल्लाको बाराहा गा बि स मा अबस्थित धर्मिक तथा सास्कृतिक महत्व बोकेको बाराह पोखरी जिल्लाकै महत्वपूर्ण पर्यटकिय स्थल हो । बाराह पोखरी समुन्द्र सतहबाट १०१३ मिटर उचाइमा अबस्थित छ । हरीबोधनी एकदशीको दिन बिशेष मेला लाग्ने यो पोखरीमा बर्ष भरीनै आन्तरिक पर्यटकहरुको आवागमन भईरहन्छ ।

जन्ती ढुङ्गा

खोटाङ जिल्लाको दिप्लुङ गा बि स मा अबस्थित जन्ते ढुङ्गा ऐतिहसिक्, धार्मिक तथा सास्कृतिक महत्व बोकेको पर्यटकिय स्थल हो । जन्ती ढुङ्गा समुन्द्र सतह बाट १५२७ मिटर उचाइमा रहेको छ । जन्ते ढुङ्गामा रथ यात्रा सहित जन्तीको लस्करको आकृती प्रष्ट देख्न सकिन्छ । यहाँ बैसाखे पुर्णिमा र मङ्सिरे पुर्णिमाको दिन लाग्ने बिषेश मेलामा तिर्थालु भक्त जनहरुको भिड लाग्ने गर्छ।

पानोरमा हिल्

पानोरमा हिल समुन्द्र सतहाबाट १८३० मिटर उचाइमा अबस्थित छ । यहाँ बाट ८००० मिटर माथिका बिश्वका ६ अग्ला हिमालहरु हेर्न सकिन्छ । हिमालि, पहाडी र तराइको अत्यन्तै सुन्दर दृश्य देखिने हुनाले यसको ठुलो मह्त्व रहेको छ । पानोरमा हिलामा प्रसस्तै पर्यटकिय सम्भावना हुँदाहुँदै पनि प्रचार प्रसारको अभाबमा ओझेलमा परेको छ ।agritourism nepal

खोटाङ जिल्लाका महत्वपूर्ण पर्यटकिय स्थलहरुको समायोजनले पानोरमा हिल ट्रेक बनेको छ । पर्यटकीय सम्भावना बोकेको सुन्दर क्षेत्रमा धार्मिक, सास्कृतिक्, प्राकृतिक छटाहरुसँग कृषी गतिबिधी को समिश्रण बाट निर्मित यो कृषी पर्यटन पदमार्गले पर्यटक लाई भरपुर मनोरन्जन र ज्ञानको अबसर प्रदान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *