नेत्र किरातीको निर्देशनमा”छुटेको त्यो साथ” म्युजिक भिडियो छायांकन सम्पन्न, रिया श्रेष्ठ फरक भूमिकामा

ईन्द्र जिजीबिषा / काठमाडौ- अहिलेका व्यास्त निर्देशक नेत्र किरातीको निर्देशनमा “छुटेको त्यो साथ्” बोलको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । देश बिदेशमा अत्याधिक तहल्का मच्याएकी नायिका तथा मोडेल रिया श्रेष्ठ र पछिल्लो समयमा एकपछि अर्को गर्दै म्युजिक भिडियोमा अभिनय गर्दै आएका सफल मोडेल शेरबहादुर मगरले यो गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडेल रिया श्रेष्ठ स्टेज कार्यक्रममा निक्कै जम्ने गरेकी छन् । रिया श्रेष्ठ स्टेजमा चढेपछि उनको प्रस्तुतिले केहि सांगीतिक कन्सर्टमा दर्शकहरु पसिनै पसिना भएका थिए । उनै मोडेल रिया श्रेष्ठ र शेरबहादुर मगरलाई लिएर नेत्र किरातीको निर्देशनमा उक्त म्युजिक भिडियोको छायांकन सम्पन्न भएको हो ।

इटहरीको गोकर्ण रिसोर्ट र सप्तकोशीको सेरोफेरोमा छायांकन गरिको यो म्युजिक भिडियो अन्य म्युजिक भिडियो भन्दा पृथक रहेको निर्देशक नेत्र किरातीले बताएका छन् । यो म्युजिक भिडियोमा मोडेल रिया एक मानसिक सन्तुलन गुमाएकी महिलाको रोलमा रहेकी छन् भने मानसिक सन्तुलन गुमाएकी रिया श्रेष्ठलाई मोडेल शेरबहादुरले उद्धार गरेका छन् ।

कुशल क्यामेरामेन ओम प्रसाईले छायांकन गरेको यो गीतको म्युजिक भिडियोमा सन्ध्य मगरले मेकअप गरेकी हुन् ।

रोशन कुमार लोको शब्द संगीत तथा स्वर रहेको यो गीत कलाकार तथा क्यामेरा मेन ओम प्रसाईको पहिलो गीति एल्बम पर्खाइमा समेटिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *