नेतालाई बालेनको जवाफ-वर्षभरी धान रोपे भारतको गुलाम हुनुपर्दैन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राजनीतिक दलका नेताहरूलाई फेरि भारतको गुलामको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमार्फत बालेनले नेताहरूलाई वर्षभरि धान रोपे भारतीय गुलाम हुन नपर्ने सुझाव दिए ।

उनले लेखेका छन्, ‘नेताज्यूहरूले यसरी नै वर्षभरि नै धान रोपिदिनुभो भने तपाईंहरू भारतको गुलाम हुनु पर्दैन ।’

धान दिवसको अवसर पारेर एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेताहरूले किसानहरूको खेतामा गएर धान रोपेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *