निर्वाचन आचार संहिता पालना गर्न सम्पुर्ण पत्रकारहरुलाई प्रेस काउन्सिलको आग्रह, फेसबुकमा जताभावी नलेख्न चेतावनी

काठमाडौ २८ बैशाख, निर्वाचन आयोगले आज रातको १२ बजे देखि निर्वाचन आचार संहिता अनुसार मौन अवधि तोकेको छ ।मौन अवधि तोके संगै निर्वाचन आचार संहिता २०७२ को परिच्छेद ५ दफा १४ (छ)उम्मेदवार वा राजनीतिक दलको सम्बन्धमा आयोगले तोकेको समय अवधि भन्दा बढि नहुनेगरी र स-शुल्क विज्ञापन भएको जनाउने गरि निर्वाचन सम्बन्धि विज्ञापन ,प्रसारण वा सम्प्रेषण गर्ने तर मौन अवधिमा त्यस्ता विज्ञापन प्रकाशन प्रसारण गर्न नपाइने जानकारी सम्पुर्ण मेडियाहरुलाई गराईदिनको लागि निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाल संचार ग्रामलाई एक पत्र लेखि अनुरोध गरेको छ ।

यसै सन्दर्भमा, समयावधि खुलाई पठाइदिनहुन भने प्रेस काउन्सिल नेपालले गरेको अनुरोधमा छापा माध्यममा (७*७ )सात इन्टु सात र विद्युतीय संचार माध्यममा ४५ सेकेण्ड भन्दा बढीको हुन नहुने र सोहि विज्ञापनमा स-शुल्क भनि स्पष्ट उल्लेख हुनुपर्ने जनाएको छ ।

यसैगरी प्रेस काउन्सिल नेपालले,कुनै पनि पत्रकारहरुले आफ्नो मयार्दा र जिम्मेवारीलाई भुलेर कुनै राजनीतिक पार्टी समर्थित सामाग्रीहरु फेसबुक, ट्विटर जस्ता सामाजिक संजाल मार्फत कुनै पनि राजनीतिक पार्टिका नेतालाई भोट मागेको, लाईक  वा कमेण्ट गरेको,मिथ्याङ्कपुर्ण सामाग्री प्रसारण गर्न नहुने जनाएको छ । पत्रकारहरुले तथष्ट रही आचार संहिताको ख्याल गर्दै कुनै पनि उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर सामाजिक संजालमा आफ्नो निजि बिचारहरु सम्प्रेसन नगर्न सम्पुर्ण पत्रकारहरुलाई अनुरोध गरेको छ ।

निर्वाचन आयोगले तोकेको साइज भन्दा बढि/ठूलो साइजमा विज्ञापनहरु प्रकाशन प्रसारण भईरहेको प्रति पनि प्रेस काउसिल नेपालले गम्भीर ध्यानाकार्षण गरेको छ । यस्ता सामाग्रीहरु प्रकाशन प्रसारण गर्दा  निर्वाचन आचार संहिता २०७२ को परिच्छेद ५ दफा १४ (छ)उम्मेदवार वा राजनीतिक दलको सम्बन्धमा आयोगले तोकेको समय अवधि भन्दा बढि नहुनेगरी र स-शुल्क विज्ञापन भएको जनाउने गरि निर्वाचन सम्बन्धि विज्ञापन ,प्रसारण वा सम्प्रेषण गर्ने तर मौन अवधिमा त्यस्ता विज्ञापन प्रकाशन प्रसारण नगर्न आग्रह गरेको छ । मौन अवधिमा निर्वाचन आचार संहिता पालना गर्न पनि सम्पुर्ण पत्रकारहरुलाई प्रेस काउन्सिलले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *