निर्बाचन नजिकिएसँगै एनआरएनएका नेता राजनीतिक दलको घर दैलो अभियानमा

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन नजिकिँदै गर्दा नेतृत्वका केही आकांक्षीहरु काठमाडौंमा व्यस्त छन् ।

काठमाडौंमा उनीहरुको व्यस्तता निर्वाचनको तयारीका लागि नभई आफूलाई राजनीतिक समर्थन जुटाउनेमा केन्द्रित रहेको देखिन्छ । संघको दशौं महाधिवेशन अक्टोबर २३–२५ का लागि तय भइसकेको छ ।

आइसीसीद्वारा गठित निर्वाचन समितिले अक्टोबर १० मा निर्वाचन गराउने तयारी गरिरहेको छ ।
निर्वाचन आउन दुई महिना अझै बाँकी छ तर आगामी कार्यकालका लागि नेतृत्वका आकांक्षी तथा वर्तमान आइसीसीका उपाध्यक्ष बद्रि केसिलगाएत केही पदाधिकारीहरु भने एक हप्तादेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर आफूलाई समर्थन गरिदिन अनुनय बिनय गरिरहेका छन् ।

कुमार पन्त नेतृत्वको आइसीसीका सबैभन्दा बढी विवादित दुई पदाधिकारी हुन् उपाध्यक्ष बद्रि केसी र महासचिव हेमराज शर्मा । आफैंले बनाएको आचारसंहिता र मापदण्ड पनि यी दुई पदाधिकारीले पटक पटक उल्लंघन गर्दै आइरहेका छन् ।

संघका केही एनसीसीहरुमा अवान्छित विवाद सिर्जना गरेका यी दुई पदाधिकारीले अहिले संघलाई राजनीतिक रुपमा पनि विवादित बनाउने प्रयास गरिरहेका छन् ।

यसको पछिल्लो उदाहरण हो, यसैसाता उपाध्यक्ष केसीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगाएतका नेताहरुसँग गरेको भेटवार्ता ।

एनसीसी बेलायतको निर्वाचन परिणाम घोषणा भएसँगै काठमाडौंमा सक्रिय भएका केसीले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर आगामी निर्वाचनमा आफू अध्यक्षको उम्मेदवार बन्ने र आफ्नो उम्मेदवारीलाई पार्टीका तर्फबाट समर्थन जनाउन आग्रह गरेका थिए ।

एमाले माधव नेपाल समूहकी नेतृ रामकुमार झाँक्रीसहित प्रचण्ड निवास खुमलटार पुगेका ओली एमालेका केसीले झाँक्री आबद्ध एमालेको नेपाल समूहको समर्थन पनि आफूलाई रहेको देखाउन खोजेका छन् । तर, नेतृ झाँक्रीले भने एनआरएनमा कुन उम्मेदवारलाई सहयोग गर्ने भन्ने आफ्नो समूहले निर्णय गरिनसकेको बताइन् ।

केसीले माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको समाचार सार्वजनिक भएपछि उनी संघ भित्र थप आलोचित भएका छन् ।

उपाध्यक्ष केसीले नेपाली काँग्रेसका सभापती एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत भेट गरेका छन ।
यता माओवादीको साथ लिन खोजेको भन्दै टिप्पणी भएपछि केसीले कांग्रेसका युवा नेता गगनकुमार थापालाई समेत भेटेका छन् । थापासँगको भेट पूर्वनिर्धारित नभई गगन सहभागी एक कार्यक्रममा भएको थियो ।

केसीसँगको भेटमा थापाले भने कुनै वचन दिएका छैनन् । आफ्नै प्रतिबद्धताको खिल्ली उडाउदै राजनीतिक दलका नेताहरुसँग आफुलाई समर्थन जुटाउन तल्लिन केसि सबै बाट नकारात्मक जवाफ आएपछि निराश भएको उनिनिकट एक एनआरएनए नेताले बताए ।

गैर आवासीय नेपाली संघ गैरराजनीतिक संस्था हो । राजनीतिक दल तथा तिनका भ्रातृ संस्थाको समर्थन वा सहभागितामा संघको नेतृत्व चयन हुने प्रावधान भने छैन ।

निर्वाचनमा दलीय समर्थनका आधारमा प्यानल बनाइए उम्मेदवारी नैै खारेज हुने संघको विधानमा उल्लेख गरिएको छ । तेही विधानलाई आधार मानेर केहि समय पहिले अध्यक्ष कुमार पन्तले एक बिज्ञप्ती नै निकालेर राजनीति र धर्ममा आबद्द भए एनआरएनएमा आउन नपाईने र उम्मेदवारी खारेजी हुने सूचना निकालेका थिए ।

एनआरएनए बहराईनको अधिबेसनमा नेकपा माओवादिमा आबद्द भन्दै प्रथम उपाध्यक्ष रामु काफ्लेलगाएतको उम्मेदवारी खारेजी गरिएको थियो । त्यो खारेजीलाई अध्यक्ष पन्त उपाध्यक्ष केसीले नै सदर गरेका थिए । तर अहिले केसि आफै राजनीतिक दलको शरणमा पुगेपछि उनको तिब्र आलोचना भएको छ ।

एनआरएनएका निर्बाचनमा राजनीतिक दलको आस्थाका आधारमा नेतृत्वमा दाउपेच भने सबै निर्बाचनमा हुने गरेको छ । राजनीतिक भर्याङ्ग चढेर नै अहिलेसम्म सबै नेतृत्वमा पुग्ने गरेपनि उनीहरु नेतृत्वमा पुगेपछि पानिमाथिको ओभानो हुने गरेका छन ।

केहि दिनपहिले नेपाली काँगेसका महामन्त्री पूर्ण बहादुर खडकाले एनआरएनए निर्बाचनमा नेपाली काँग्रेस आबद्द समूहलाई जिताउन सबै प्रबासमा रहेका नेपाली काँग्रेस शुभेच्छुकलाई बिज्ञप्ती निकालेर आग्रह गरेका थिए उक्त विज्ञप्तिको अध्यक्ष कुमार पन्तले बिज्ञप्ती नै निकालेर बिरोध गरेपछि एनआरएनए बर्तमान नेतृत्व र राजनीतिक दलबीच आन्तरिक द्वन्द भएको छ ।

राजनीतिक दलले आफुहरुलाई नेतृत्वमा पुग्न भर्याङ्गमात्रै बनाईएको आरोप एनआरएनए नेतृत्वलाई लगाएका छन
। संघमा राजनीतिक आस्थाले प्रवेश पाउन थालेपछि अध्यक्ष कुमार पन्त र उनलाई समर्थन गर्ने विभिन्न पदका उम्मेदवारले संघ भित्र राजनीतिक आस्थालाई प्रवेश नदिइने घोषणा नै गरे ।

त्यति मात्रै होइन, संघको एनसीसीहरुको चुनावअघि अध्यक्ष पन्तले सबै एनसीसीहरुलाई राजनीतिक आस्था वा विचार समूहका नाममा कसैले पनि नेतृत्वका लागि दाबी नगर्न र दाबी गरेको पाइए तत्काल कारबाही गरी उम्मेदवारी नै खारेज गर्न भन्दै निर्देशन नै जारी गरे ।

तर, अध्यक्ष पन्तले जारी गरेको यो निर्देशन उनकै उपाध्यक्ष केसीले निरन्तर उल्लंघन गरिरहेका छन् । राजनीतिक आस्था र समूहका नाममा केसीले जुन लबिङ गरे, त्यसैका कारण एनआरएनए अमेरिकाको सपथ समारोहमा विवाद उत्पन्न भएको एनआरएनएका अग्रजहरु बताउछन ।

अमेरिकामा केसीले गरेका हर्कतका बारेमा त्यसलगत्तै बसेको आइसीसी पदाधिकारी बैठकमा पनि छलफल भयो । अधिकांश पदाधिकारीले उपाध्यक्ष केसी र महासचिव शर्माको अनावश्यक हस्तक्षेपका कारण विवाद उत्पन्न भएको भन्दै आलोचना गरेका थिए । पुनः त्यस्तो हर्कत नगर्न चेतावनी दिएका थिए ।

दुई उपाध्यक्ष सोनाम लामा र रविना थापाले त आफूहरु अमेरिकामा हुँदा हुँदै केसी किन अमेरिका आएको भन्दै केसीको आलोचना गरेका थिए ।

कोभिड महामारीका कारण प्रभावित मध्यपूर्व र मलेसियामा कार्यरत नेपाली कामदारहरुको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आइएलओले गरेको सहयोगका आधारमा सञ्चालित आइएलओ परियोजनामा अनियमितता गरेको आरोप लागेका उपाध्यक्ष केसीले आगामी चुनावमा आफू अध्यक्षको उम्मेदवार बन्न त्यही परियोजनाको रकम दुरुपयोग गरिरहेको दाबी अधिकांश पदाधिकारीले गरेका छन् ।

उपाध्यक्ष केसीले आफूलाई अध्यक्ष पन्त, महासचिव शर्मा र सचिब गौरी जोशीको पनि समर्थन रहेको भन्दै राजनीतिक दलका नेताहरुलाई विश्वस्त पार्ने प्रयास गरिरहेका छन् । तर, पन्तले भने अहिलेसम्म आगामी चुनावमा केसीलाई समर्थन गर्ने वचन भने नदिएको उनि निकट स्रोतले बतायो ।

अध्यक्ष पन्तले केही महिना अघि पर्वतको धाइरिङमा आयोजित एक कार्यक्रममा संघको आगामी नेतृत्वका लागि कुल आचार्यलाई आफ्नो समर्थन रहने सार्वजनिक रुपमै घोषणा गरेका थिए । अ

ब अध्यक्ष पन्त आगामी आईसिसि निर्बाचनमा स्वतन्त्र रुपमा रहन्छन कि एक पक्षमा खुलेर काम गर्छन भन्ने उहाको आगामी कृयाकालापबाट देखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *