नायिका तथा निर्मात्री रोमियन लिम्बु चलचित्र छायांकनको निम्ति नेपाल आउदै

काठमाडौ- वेलायतमा रहेर कलाकारिता क्षेत्रमा सक्रिय रहेकी नायिका तथा निर्मात्री रोमियन लिम्बु वेलायतबाट नेपाल आउने भएकी छन् । बेलायती भुमिलाई कर्मथलो बनाउदै आएकी नायिका तथा निर्मात्री रोमियन लिम्बुले नेपाली चलचित्र नागबेलीको निर्माण यो भन्दा अगाडि नै गरिसकेकी छन् । नायिका रोमियन लिम्बू अभिनित चलचित्र “सुत्केरी” गत बर्ष छायांकन गर्दा गर्दै चलचित्रका केहि दृश्य बाँकी रहेकोमा उक्त चलचित्रको छायांकन पुरा गर्न रोमियन नेपाल आउने भएकी हुन् ।

जिवनलाई नजिकबाट अवलोकन गरिसकेकी नायिका रोमियन लिम्बु कठिन परिस्थिति बाट पनि जिवनलाई सुन्दर बनाउन सकिन्छ भन्ने मान्यता राख्छिन् l इमान्दारितालाई पहिलो प्राथमिकता दिने रोमियन लिम्बु अहिले डेन्टल नर्सको अभ्यास साथै नेपालमा त्री चन्द्र कलेजमा बि ए प्रथम बर्षकी विद्यार्थी पनि हुन ।

नायिका रोमियन लिम्बुलाई नेपाली चलचित्रमा अभिनय गर्नको निम्ति धेरै अफर आउने गरेता पनि समय अनुकुल नभएकोले अस्वीकार गर्दै आएकी छन् I तर , अहिले भने गतबर्ष छायांकन हुदै गर्दा रोकिएको चलचित्र सुत्केरीको छायांकन पुरा गर्न नेपाल आउन लागेकी हुन् ।

आफ्नो जन्मदिनको अवसर पारेर नयाँ काम थालनी गर्दा राम्रो हुने विश्वास राख्ने नायिका रोमियन लिम्बु आफ्नो जन्म दिन मनाउनका लागि साथै चलचित्र सुत्केरीको शुटिंग पुरा गर्न यहि शुक्रबार नेपाल आउने भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *