नयाँ दलहरू धेरै समय टिक्दैनन्: अर्थमन्त्री महत

नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ दलहरू धेरै समय नटिक्ने बताएका छन्। तमु संघको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै मन्त्री महतले राष्ट्रिय स्वतन्त्र पार्टी, जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलतर्फ संकेत गर्दै उनीहरू लामो समय टिक्न नसक्ने बताएका हुन्।

‘अहिले नयाँ नयाँ प्रवृत्तिहरू आइरहेका छन्। यिनीहरूले केही गर्दैनन्। अब हामी गर्छौं भनेर आएका छन्। टिक्दैनन्। हामी दुःखमा, सुखमा, दसौँ वर्ष जेल, पुलिसको लाठी डन्ठा सहेर, झरीमा, बादल, अफ्ठ्यारो र सफ्ठ्यारोमा पनि त्यसरी विकसित भएको पार्टी हो नेपाली कांग्रेस,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *