धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गर्दै जिल्लाबासीले चरणबद्ध आन्दोलन गर्ने

धनकुटा, २९ मंसिर – धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गर्दै जिल्लाबासीले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । हरेक कुरामा धनकुटा प्रादेशिक राजधानी बन्न योग्य हुदा हुदै पनि सरकारले धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरेकोले क्यान्डिल जुलुशदेखि जिल्ला बन्दसम्मका आन्दोलनका कार्यक्रम जिलावासिले घोषणा गरेका हुन् ।

धनकुटालाई प्रादेशिक राजधानी माग गर्दै आन्दोलनको पहिलो कार्यक्रम शनिवार धनकुटा बजारमा क्यान्डिल जुलुश प्रदर्शन गरी बजार बन्द गरिनेछ ।
आईतबार क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँने र सोमबार धनकुटा बन्दको घोषणा गरिएको विजय सन्तोषी राईले जानकारी दिएका छन् । उनका अनुसार आवश्यकता अनुसार आन्दोलनका कार्यक्रम थप गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *