धनकुटामा पत्रकारहरुका लागि स्वास्थ्य उपचार,दुर्घटना तथा उपकरण खरिद सहयता कोष स्थापना

माघ १२ धनकुटा,धनकुटामा स्थापना भएको साझा संचार नेपाल नामक संस्थाले धनकुटामा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य उपचार, दुर्घटना तथा उपकरण खरिद सहयता कोष स्थापना गरेको छ । साथमा दुई जना अग्रज पत्रकार सहित एक क्रियासिल युवापत्रकारलाई सम्मान तथा पुरस्कृत पनि गरेको छ ।

कार्यक्रममा धनकुटाका अग्रज पत्रकारहरु जीवप्रसाद पोखरेल र अञ्जना ताम्लीलाई सम्मानित गरिएको छ भने रेडियो लालीगुराँस धनकुटामा क्रियाशिल पत्रकार मानवी तामाङलाई नगद रु ४ हजार ४ सय ४४ रुपैयाँ सहित पुरस्कृत गरिएको हो ।

संस्थाको चौथो स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रममा जिल्लामा कार्यरत सम्पूर्ण क्रियाशिल पत्रकारहरुको धनकुटाका कुनै पनि सरकारी तथा निजी अस्पतालमा उपचारका क्रममा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने जानकारी दिइयो ।कार्यस्थलमा दुर्घटनामा परेको खण्डमा उपचारमा लागेको ५० प्रतिशत रकम संस्थाको कोष बाट व्यहोर्ने जनाईएको छ । यस्तै संचार उपकरण खरिदका लागि कुल लागतको १० प्रतिशत रकम पनि संस्थाले उपलब्ध गराउने भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्वञ्चल संयोजक गणेश पोखरेल, सांसद अञ्जना ताम्लि, पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष संजय सन्तोषी राई, पूर्व केन्द्रिय सदस्य सिद्धराज राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे तथा जिल्ला स्थित संचार क्षेत्रका पेशागत संघ संस्थाका प्रतिनिधिले शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *