देशमुखी बजेट बनाउन आवश्यक: नारायणदत्त मिश्र

काठमाडौं। राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले देशमुखी बजेट बनाउन आवश्यक रहेको बताएका छन्। बजेट पहुँचवालामुखी भएको भन्दै उनले सो आवश्यकता औंल्याएका हुन्।

राष्ट्रियसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेटको कार्यान्वयन र सदुपयोग गर्नेतर्फ विशेष ध्यान दिन पनि सरकारलाई सचेत गराए।

संघीय सरकारले बजेटको सदुपयोग गर्नका लागि प्रदेश र स्थानीय तहलाई पनि आवश्यकताअनुसार निर्देशन दिनुपर्ने सांसद मिश्रको भनाई थियो। उनले बजेट कार्यान्वयन गर्ने निकायलाई पुरस्कार र नगर्ने निकायलाई दण्डको आवश्यक व्यवस्था गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *