देउवाको अझै आफू प्रधानमन्त्री बन्ने दाबि

धनगढी, ३० कात्तिक- प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अझै प्रधानमन्त्री बन्ने बताएका छन् ।ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्छौ भनेको स्मरण गर्दै बिहीबार धनगढीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधामन्त्री देउवाले उक्त कुरा बताएका हुन् । केहि समय अगाडी केपी ओलीले नेपाली कांग्रेसबाट देउवा अन्तिमपटक प्रधानमन्त्री भन्ने अभिव्याक्तीको जवाफमा देउवाले उक्त कुरा बताएका हुन् ।

प्रदेश नम्बर ७ बाट अन्य कुनै पनि पार्टीमा प्रधानमन्त्री बन्ने मान्छे नभएको उल्लेख गर्दै आफूमात्रै प्रधानमन्त्री बन्ने भएकाले यस क्षेत्रका मतदाताले नेपाली कांग्रेसलाई जिताउने उनले बताउदै आगामी निर्वाचनमा नेपाली कांग्रसले बहुमत ल्याउने पनि दाबि गरे । ‘प्रदेश नम्बर ७ मा कांग्रेसले बहुमतभन्दा पनि बढी स्थानमा चुनाव जित्छ,’ उनले भने, ‘म यस क्षेत्रको घरको मान्छे हुँ, प्रधानमन्त्री भए पनि मसँग झगडा गर्न, गाली गर्न पाइन्छ ।’ जनता मालिक र जनार्दन भएको उल्लेख गर्दै डर, त्रास, प्रलोभन र दबाबमा नपरी निर्धक्क संग मतदान गर्न उनले जनतालाई अपिल गरे ।

यसैगरी कांग्रेसका कार्यकर्तालाई गरेको सबै कारबाही फुकुवा गरिएको उनले बताए । डडेल्धुरामा चुनाव जित्नेमा कुनै शंका नै नभएको भन्दै बाम एकताले कांग्रेस एकढिक्का र बलियो भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *