दशैमा यात्रु ठग्नेहरु प्रहरी खोरमा

ktm busparkअसोज १७ काठमाडौ, चोक र पायक पर्ने स्थानमा बसेर जर्बजस्ती आफ्नो गाडी चढ्न लगाउनेहरु प्रहरीको कार्वाहीमा परेका छन् । कलंकी चोकमा बस्ने र यात्रुलाई तानेर जर्बजस्ती चढाउने मकवानपुरका सन्तोष थिङ, दैलेखका युवक हमाल, झापाका नेत्रप्रसाद ढुंगाना र तनहुँका सविन भन्ने शैलेन्द्र रावल र दाङका प्रेम विकलाई प्रहरीले हिरासतमा लिएका छन् । उनीहरुविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरेको छ ।

तोकिएको भन्दा दोब्बर भाडा लिए पछि यात्रुहरु आफैंले एक सय नम्बरमा फोन गरेर प्रहरीलाई जानकारी गराएका थिए । सूचना पाएलगतै पुगेको प्रहरी टोलीले टिकट काट्ने बुढाथोकी सँगै सविन भन्ने सन्तवीर लामालाई ठगीको मुद्दा चलाएको छ ।

बढी भाडा असुल गर्ने काठमाडौंका ७० वटा बस केहि माइक्रो र कोटेश्वर बाट चार वटा टाटा सुमो कार्वाहीमा परेका छन् । प्रहरीका अनुसार यात्रुले दिएको गुनासोका आधारमा नियन्त्रणमा लिइएको हो ।
काठमाडौं बाट दाङ चल्ने बसको भाडा दर सात सय ७९ तोकेको छ । तर, राप्ती यातायात व्यवसायीको ना १ ख ५०३५ नम्बरको बसले भने १५ सय ५० असुल गरेको भेटिएपछि काउण्टरका प्रमुख कृष्ण बुढाथोकी प्रहरी हिरासतमा पुगेका छन्। यस्तै बा ४ ख ४७६५ नम्बरको माइक्रो बस पनि कार्वाहीमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *