दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाएको आरोप ओलीको आरोप

काठमाडौ १४ पुस- एमाले अध्यक्ष केपी शर्माले ‌ओलीले अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाएको आरोप लगाएका छन्। उनले अध्यादेश संवैधानिक काम भएकाले आफूहरुको केही टिप्पणी नरहेको बताएपनि यो असंवैधानिक तरिकाले पास गराएको बताएका छन् ।

‘अध्यादेश संवैधानिक काम हो। यसमा हाम्रो टिप्पणी केही छैन। तर सिटकै लागि असंवैधानिक तरिकाले राष्ट्रपतिलाई दबाब सृजना गरेर अध्यादेश पास गराइयो,’ नेपाल पर्वतारोहण संघको २७औं वार्षिकोत्सवको अवसरमा ओलीले भने, ‘कांग्रेसलाई एक दुई सिट चाहिएकै भए सिधै भन्नसक्थ्यो। त्यो ठूलो कुरा थिएन।’

उनले मिडियाले पनि आज बिहान राष्ट्रपतिसँग भेट गरेपछि अध्यादेश स्वीकृत भएको भनेर हल्ला फिँजाएको बताए। ‘राष्ट्रपतिसँग भेटगरेपछि अध्यादेश स्वीकृत भएको भन्ने आरोप लगाइयो। कसले कुन बेला म राष्ट्रपति निवास पुगेको देख्यो थाहा छैन। म अस्पतालबाट सिधै यो कार्यक्रममा आउँदैछु,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *