सरोज चेम्जोङ्ग / सउल ३० कात्तिक- दक्षिण कोरियाको सुर्योदय सेवा समाजको दोस्रो अधिबेसन सम्पन्न भएको छ । सउलस्थित नेपाल हाउसको सभाहलमा गत आईतवार सम्पन्न अधिबेशनबाट मन्जु लावती निर्विरोध निर्वाचित भएकी छन् । लावती निवर्तमान कोषाध्यक्ष र किरात याक्थुम चुम्लुङ्का उपाध्यक्ष हुन् । कार्यक्रमलाई, कोरिया स्थित नेपाल राजदुताबासका महामहिम राजदुत अर्जुन जंग ब. सिहंले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
नेपाल तथा कोरियामा विशुद्ध परोपकार र समाजसेवा गर्ने उदेश्य लिएर सामाजिक अभियान्ता हरि खनालले २ वर्षा अगाडी उक्त संस्था गठन गरेका थिए ।उक्त संस्थाले प्रवासमा ब्यस्तताका बाबजुत पनि ,नेपालमा भएका दैवी प्रकोप ,अनाथ बालबालिका, दृष्ट्रिविहिन ,बिरामी ,खेलकुद कोरियामा विभिन्न समस्यामा परेकाहरुलाई सहयोग र अरु धेरै उल्लेख्य रुपमागर्दै आएको छ । सुर्योदय सेवा समाजले नेपाल र कोरियामा सामाजिक गतिविधि गरेको भन्दै एन आर एन एशिया प्यासिफिक उप संयोजक बिनोद कुवरले खुलेरै मुक्तकण्ठले अघिल्लो कार्यसमितिको प्रशंसा गरेका थिए । त्यसैगरि एन आर एन कोरियाका अध्यक्ष लक्ष्मी गुरुड्ग ,नेपाल सम्पर्क समितिको अध्यक्ष अन्जु केसी ,एन आर एन एसिया प्यासिफिक महिला उपसंयोजक जुनु गुरुड्ग ,आदिवासी जनजाति महासंघका अध्यक्ष चित्र मोक्तान एन आर एन आई सिसि प्रतिनिधी लोचन राई , प्रवासी मजदुर संगठनका अध्यक्ष उदय राई पुर्वान्चल सरोकार समाजका अध्यक्ष काजी नेपालले संस्थाले राम्रो काम गरिरहेको भन्दै नयाँ आउने कार्यसमितिलाई शुभकामना व्यक्त गरे ।
संस्थाले निवर्तमान कोषाध्यक्ष मन्जु लावती ,लेखराज राई ,फुटबल क्लव ईलाम एफ सि का मोहन लिम्बु ,नितेष शाहा , प्रेम राईलाई संस्थामा रहेर सक्रिय भूमिका खेलेको भन्दै सम्मान गरेको थियो ।नवगठित कार्य समितिमा – अध्यक्ष -मन्जु लावती, वरिष्ठ उपाध्यक्ष -दर्पण गुरुड्ग उपाध्यक्षमा – सरोज सुब्बा ,शम्भु श्रेष्ठ ,मुकेश राई महासचिबमा – शंकर विश्वासी सचिवमा – केदार निरौला कोषाध्यक्षमा पवित्रा थेवे सह-कोषध्यक्ष भवानी घिमिरे सदस्यहरुमा – खोम गुरुड्ग ,प्रेम राई ,मोहन लिम्बु ,नितेष शाही ,दिनेश श्रेष्ठ ,विमल विक ,सुदिप फागो सर्वसम्मतले चयन भएका छन् । निर्वाचित पदाधिकारी सबैलाई निवर्तमान अध्यक्ष हरि खनालले प्रमाण पत्रका साथै खादा ओढाई शुभकामना दिए । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष ,प्रतिनिधी ,समाजसेवी लगायत ईलामेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।