“तिमी मेरो जिन्दगीको”मा रेवत र मेलिना गायन देखि फिचर सम्म (भिडियो सहित)

ईन्द्र जिजीबिषा/काठमाडौ ११ मंसिर- चर्चित गायक रेवत राई र अहिलेकी अति व्यस्त चर्चित गायिका मेलिना राईको “तिमी मेरो जिन्दगीको” बोलको गीत सार्वजानिक भएको छ । जगत नवोदितको शब्द रचनालाई तारा प्रकाश लिम्बुले संगीत गरेका हुन् भने महाराज थापाले एरेन्ज गरेका छन् । यो गीत गायक रेवत राई र मेलिना राईको पहिलो युगल एल्बम “अलग उपहार”मा समाबेश रहेको छ ।
यो गीतको म्युजिक भिडियो पनि सार्वजानिक भएको छ । यो गीतको म्युजिक भिडियोमा भने गायक गायिकालाई नै फिचरको रुपमा उतारिएको छ । गायक रेवत राई र गायिका मेलिना राईको फिचर रहेको यो गीतमा थोरै फरक पन महशुस गर्न सकिन्छ ।

ओम प्रसाईले छायांकन गरेको यो गीतको म्युजिक भिडियोमा कमल मानन्धरले कलाकारको ड्रेस व्यवस्थापन गरेका थिए । प्रोडुक्सन म्यानेजरमा मनोज जोशी रहेका थिए । यो गीतको म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *