ताईवानमा शक्तिशाली भुकम्प

ताइपे – ताइवानमा मंगलबार राती ११ बजेर ५० मिनेट जादा ६.४ म्याग्नेच्युड मापन गरिएको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कयौँ भवनमा क्षति पुगेको छ, जसमा ४ जनाको मृत्यु भएको बताइएको छ भने २२५ जना घाइते हुनका साथै १४५ जना वेपत्ता रहेका छन् ।

भूकम्पको केन्द्रविन्दु बन्दरगाह शहर हुआलिएनबाट उत्तरपूर्वमा २१ किलोमिटर टाढा जमिनबाट ९.५ किलोटिर तल रहेको थियो । भूकम्पबाट हुआलिएन शहरमा रहेको १० तल्लाको मार्सल होटलको भवन क्षतिग्रस्त बनेको छ । यो भवनमा ३० जना फँसेको अनुमान गरिएको छ । भूकम्पपछि अहिलेसम्म १ सयभन्दा बढी स–साना पराकम्पहरु गइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *