‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक अमेरिकी संसदमा दर्ता

माघ २८ न्युयोर्क: ‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक अमेरिकी संसदमा दर्ता भएको छ। रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले ‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक संसदमा दर्ता गराएका हुन्।

अमेरिकामा आप्रवासीहरुको संख्या कम गर्नु पर्ने भन्दै उनीहरुले ‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक संसदमा दर्ता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। ‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार’ नामक विधेयकलाई संसदले पारित गरे ‘डिभी चिठ्ठा’ बन्द हुनेछ।

उक्त विधेयक पास भएमा अमेरिकाले प्रति वर्ष ५० हजारका दरले प्रदान गर्दै आइरहेको ‘डिभी चिठ्ठा’ भिसा बन्द हुनेछ । संसदमा दर्ता भएको विधेयक पास भएपनि सन् २०१८ को ‘डिभी चिठ्ठा’लाई कुनै असर नपर्ने बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *