काठमाडौ १८ बैशाख,प्रबासमा रहेर पनि एकपछि अर्को गर्दै क्रमश हिट गीतहरु दर्शक स्रोताहरु माझ ल्याई रहेका, पछिल्लो समयको निक्कै ब्यस्त संगीतकार डिआर अटुको संगीतमा अर्को नयाँ गीत “कोशिस नगर” सार्वजनिक भएको छ । सुजनकोयी राईको शब्द रचना, डिआर अटुको संगीतमा अहिलेका सबै भन्दा ब्यास्त गायक राजेश पायल राईले गीतमा स्वर भरेका छन् । यो गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् ।
यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा चर्चित मोडेल पार्वती राई, प्रेम लिम्बु र सुजनकोयी राईले अभिनय गरेका छन् । डम्बर राईको छायांकन, टकेन्द्र शाहको सम्पादन रहेको म्युजिक भिडियोलाई लिसरा राई (कृष्टि)ले निर्देशन गरेकी छिन् ।
यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला