डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई भेटि राजनीतिक गतिरोध चाँडो अन्त्य गर्न आग्रह गरे

माघ २९ काठमाडौ,नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अहिलेको राजनीतिक गतिरोध चाँडो अन्त्य गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर संयोजक भट्टराईले संविधान संशोधन, स्थानीय तह र प्रदेशको पुन:संरचना र निर्वाचनबारेको गतिरोध चाँडो अन्त्य गर्न आग्रह गरेको हो । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले सबै कुरा टुंग्याउन खोजे पनि केही जटीलताहरुले गर्दा आफू अप्ठेरोमा परेको बताए ।

संयोजक भट्टराईले बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका जनताले मुआब्जा कम भएको भन्दै मुआब्जा बढाउन गरेको मागका बारेमा पनि सम्बोधन गर्न आग्रह गरेका छन्।

त्यसैगरी बृहत्तर जनकपुरको विकास लगायतका माग राखी नयाँ शक्ति पार्टी, नेपालका नेताद्वय रामकुमार शर्मा र कलामुद्दिन राइनले आमरण अनशन बसेको आज १०औं दिन भइसक्दा पनि राज्यपक्षबाट बेवास्ता भएकोले उहाँहरुका माग छिटो सम्बोधन गर्न पनि संयोजक भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *