सुमित्रा अश्रुधारा/काठमाडौं, १ भदौ-
हाङ चेम्जोङले कोरियामा बसेर एक पछि अर्को गर्दै म्युजिक भिडियोहरु डाइरेक्सन गरिरहेका छन् । पाँचथरमा जन्मिएर केही बर्ष यता कोरियालाई कर्म थलो बनाइ रहेका चेम्जोङ फुर्सदको समयलाई सदुपयोग गर्दै नेपाली गीत-संगीतलाई माया गरिरहेका छन् । हसिलो अनुहार भएको चेम्जोङ समाजसेवामा पनि रुचि राख्छन् । कोरियामै रहेर पनि दुखमा परेका बिरामीहरुलाइ सहयोग गर्दै आएका छन् ।
सुरु सुरुमा सिकारु भएकोले त्यस्तो राम्रो म्युजिक भिडियो निर्माण गर्न नसकेता पनि पछिल्लो समयमा उत्कृष्ट म्युजिक भिडियोहरु बनाइरहेका छन् । उनले हालसालै दुई वटा म्युजिक भिडियो डाइरेक्सन गरेको छन् । त्यो मध्य “हराइ दिन्छ मन” सरोज चेम्जोङको “सुस्मिता” एल्बम भित्र रहेको गीतमा मेलिना राईको स्वर सुन्न पाइन्छ। यो गीतको म्युजिक भिडियोलाई छायांकन टेकेन्द्र चेम्जोङ्गले गरेका छन् भने सम्पादन बिपी लामाले गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा रोशन लिम्बु र सकु थापा मगरले अभिनय गरेका छन् ।
उक्त गीतको म्युजिक भिडियो हेर्न याहाँ क्लिक गर्नुहोला