१५ भदौ, काठमाडौँ : झरना थापाद्धरा निर्देशित फिल्म ‘एक भगवत् गिता’ को २ मिनेट ५० सेकेन्डको ट्रेलर सार्वजनिक भएको छ ।
सुनिल कुमार थापा प्रोडक्सनबाट निर्माण भएको यस फिल्ममा झरना थापा को कथा रहेको छ भने पटकथा झरना थापासहित सरिन पोखरेल, परिछेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको रहेको छ । त्यस्तै, संवादमा परिछेद सेन, पुरुषोत्तम ढुंगेल, सरिन पोखरेल, संगीत हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिक,
कोरियोग्राफी कविराज गहतराज, प्रमुख सहायक निर्देशक तारा न्यौपाने, निर्मातामा सुहाना थापा र
निर्देशकमा झरना थापा स्वयम रहेकी छिन् ।
भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको यस फिल्ममा सुहाना थापा , बिपिन कार्की, धिरज मगरसहित ज्विस एन्ड जविन श्रेष्ठ, कबीर खड्का, संजोग रसाइली, अनुराग कुँवर, रियर राई, आयुष्मान ठाकुर, धीरज ठाकुर, मदन ठाकुर, अन्सुमन ठाकुर, राम कैलाश ठाकुर, सुरेन्द्र राई, गंगबाबु, जब्बु, कुमारी राउत, प्रान्त महरा, पुजा पासमान जनकपुर बाली, मुकेश झा, सुरेश सा, केशव क्षेत्रीका समेत अभिनय देख्न सकिन्छ ।