मंसिर २४ काठमाडौ,गायिका तथा मोडेल ज्योति मगरलाई युवा नेता गगन थापा संग डेटिंग जाने रहर भएको बताएकी छीन् ।
कतै बाहिर जानू पर्दा धेरै मेकअप गर्नु पर्ने हुदा कहिलेकाहीँ त मेकअपमै दुई तीन घण्टा समय लाग्ने बताएकी छीन् । उनलाई गाडीमा यात्रा गर्न मन लागेपनी आफ्नो गाडी नभएकोले अहिले स्कूटरमै हिड्ने गरेकी छीन् ।
बिहान अबेर सम्म सुत्ने बानीले गर्दा शारीरिक फिटनेस गर्न भ्याएकी छैनन् ज्योतिले । बाहिर जानू पर्दा दश पन्ध्र हजार पैसा खल्तीमा नबोकी नहिड्ने उनी पैसा साथमा नहुँदा कतै केहि पर्छकी भनेर खुबै डराउने गर्छिन् ।
कसैले झुट बोल्यो भने एकदमै रिसाउने ज्योति आफुले चाहे जति र सोचे जति पढ्न नपाएकोले दुखी छीन् ।क्यान्डल डेट मन नपरे पनि गगन थापा मन परेको नेता भएकोले अवसर मिले डेट जाने चाहाना रहेको बताइन् ।